जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार ११:४९

हुलाक टिकटमा सहलेस फूल छापिने भएपछि प्रदेश–२ मा हर्षबढाईं


बर्दिवास, जेठ २०

सहलेस फूल हुलाक टिकटमा छापिने भएपछि प्रदेश–२ मा खुशियाली छाएको छ । प्रदेश–२ मा सक्रिय सबै राजनीतिक दल, अधिकारकर्मी, संघ–संस्थाले सहलेस फूल हुलाक टिकटमा छाप्ने सरकारको प्रतिबद्धतालाई सकारात्मक कदम भनेका छन् । मधेस मिडिया मिशनका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले भने, ‘राज्यबाट ओझेलमा पारिएका ऐतिहासिक सलहेस राजा र उनको नाममा फूलहुलाक टिकटमा छाप्ने सरकारको तयारी स्वागतयोग्य छ ।

गत शनिवार महोतरीको बर्दिवास आउनुभएका सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले हुलाक टिकटमा सहलेस फूल छाप्ने तयारी गरेको जानकारी दिनुभएको थियो । मधेसमा क्रियाशील रैथाने एकता परिषद्ले सरकारसँग हुलाक टिकटमा सहलेस फूल प्रकाशन गर्न माग गरेको थियो ।

लहान चोकदेखि तीन किलोमिट पश्चिममा पर्ने सलहेश फूलवारीमा ठिक वैशाख १ गते नै हारमको रुखमा सुनाखरी फूल फुल्ने विशेषताले गर्दा त्यो दिन ठूलो मेला पौराणिक कालदेखि लाग्दै आइरहेको छ । उक्त फूलवारी करिव ९ बिगाहा क्षेत्रफलमा रहेको ऐतिहासिक सलहेस फूलवारीमा प्रत्येक बर्ष बैशाख १ गते हारम प्रजातीको रुखमा फूल्ने सुनाखरी फूललाई सलहेस फूल भन्ने गरिन्छ ।

नयाँ बर्षको पहिलो दिन फूल्ने उक्त फूल हेर्न मोरङ, सप्तरी, सिरहा, धनुषालगायतका जिल्लाहरुबाट लाखौँको सख्याँमा आन्तरीक पर्यटक सलहेस फूलवारीमा भेलाहुने गरेका छन् भने भारतको पट्ना, बगांल, समस्तिपुर, मधुवनी, दरभगां, सितामाडीदेखि राजधानी दिल्लिबाट समेत हजारौँको सख्याँमा धार्मिक पर्यटकहरु ओईरिने गरेका छन् । ऐतिहासिक राजा सलहेस र उनकाभाईहरु मोतिराम र बुधेश्वरले नजिकै रहेको मानिक दहमा नुहाएर उक्त फूलवारीमा फूलेका फूलहरु टिपेर देवता पुज्ने गरेको किवंदन्ती छ ।

हुलाक टिकट छापिदा राष्ट्रिय महत्वको बिषय बन्ने तथा अन्तराष्ट्यि स्तरमा सलहेस फूलको प्रचार प्रशार हुने र बाह्य पर्यटनको ध्यान केन्द्रित गर्न सहयोग पुग्ने भएकाले सरकारसगँ हुलाक टिकटमा सलहेस फूल छाप्न माग गरेका हौं,’ रैथाने एकता परिषद्का सयोंजक सन्तोष बराइलीले भने । गएको शनिवार रेडियो नेपालको प्रादेशिक प्रसारण प्रदेश २ को नयाँ भवन शिलान्यास तथा प्रादेशिक प्रशारणको शुभारम्भ गर्न महोतरीको बर्दिवास, गौरीडाँडा आउनु भएका सञ्चारमन्त्री बास्कोटालाई भेटेर रैथाने एकता परिषद्का सयोंजक बराइलीसहित दर्जन बढी नेताले लिखित मागपत्र बुझाएका थिए ।

प्रादेशिक प्रशारणको सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री बास्कोटाले आउने आर्थिक बर्षबाट लागु हुने गरी हुलाक टिकटमा सलहेस फूल छाप्ने प्रतिबद्ता जनाउँदै मधेसका अन्य ऐतिहासिक तथा पुरातात्विक महत्वका धार्मिक तथा सँस्कृतिक धरोहरहरुको सुचिकृत गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभएको थियो ।