जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार १३:५७

अन्नपूर्ण म्याराथनको उपाधि भाटलाई


पोखरा, जेठ २०

दोस्रो अन्नपूर्ण सेञ्‍चुरी पर्यटन महोत्सव अन्तर्गतको अन्नपूर्ण म्याराथनको उपाधि खगेन्द्र भाटले प्राप्त गरेका छन् । अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरी चार घण्टा छ मिनेट ५३ सेकेण्डमा पार गर्दै भाटले उपाधि जित्नुभएको हो । त्यस्तै, हरिकुमार रिमालले उक्त दूरी चार घण्टा १४ मिनेट ४० सेकेन्डमा पार गर्दै द्वितीय स्थान हासिल गर्नुभएको छ ।

त्यस्तै, गोपाल तामाङले चार घण्टा २२ मिनेट २९ सेकेण्डमा उक्त दूरी पार गरी तेस्रो बन्नुभयो । समुद्री सतहबाट चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट सुरु म्याराथन माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाडापानी र भैँसीखर्क हुँदै घान्द्रुकमा समापन भएको हो ।

म्याराथनमा प्रथम हुने धावकले रु एक लाख पाँच हजार, दोस्रोले ७५ हजार र तेस्रो हुनेले रु ५५ हजार नगद प्रमाणपत्र प्राप्त गर्नेछन् । धावकलाई युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नेछन् ।