जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार १७:०३

गरिमा विकास बैंकको नयाँ शाखा चितवनको मिलन चोकमा


गरिमा विकास बैंक लिमिटेडले भरतपुर नगरपालिका वार्ड नं. २६ मा मिलनचोक शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन भरतपुर महानगरपालिका वार्ड नं. २६ का वडाध्यक्ष ज्ञान प्रसाद खनाल र विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संयुक्त रुपमा गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्रको रुपमा विकसित हुदैं गईरहेको चितवनमा यस विकास बैंकको उपस्थिति राम्रो रहेको र ग्राहकहरुबाट समेतसकारात्मक सहयोग प्राप्त भएको कारणबाट यस क्षेत्रमा थप शाखाहरु खोल्न उत्प्रेरित भएको बताउनुभयो । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाहमासदैव प्रतिबद्ध रहेकोे जानकारी दिनुभयो ।

गरिमा विकास बैंकको देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखाकार्यालय स्थापना गर्ने बैंकले जनाएको छ ।