Untitled Document

यमराजले थापेको पासो बन्दै काठमाडौंका सडक

राजधानीबासीका पीडा : जब आकाश गड्याङ्ग गुडुङ्ग गर्छ, मनमा ड्याँग्रो बज्न थाल्छ । जव आकाशमा बादल मडारिन्छ, त्यो भन्दा कालो बादल मनमा मडारिन्छ

दिपु पोखरेल/काठमाडौं

केही दिन अघि अबिरल बर्षासगैं सडकमा आएको भेलले युरिका हाईस्कुल मैनमैजुमा कक्षा ३ मा अध्यनरत ११ बर्षिया बालिका बिनिता फूँयालको ज्यान गयो । स्कुलबाट आमा बुवाले चलाएको होटलमा पुगेर खाजा खाई घर जाँदै गर्दा फूँयालको नेपालटारस्थित ढलमा परेपछि भेलले बगाएर ज्यान गएको हो ।

सडकको भेलले बिनिताको ज्यान लिएकै दिन सामाखुशीमा बिद्यालयबाट फर्कदै गरेकी सत्या सापकोटा गाडीबाट ओर्लेर घर जान लाग्दा ढलमा परिन । भेलले बगाएर पर पुर्याएकी सापकोटालाई स्थानीयले तत्काल उद्धार गरी ज्यान जागियो ।

सापकोटाको ढलले बगाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा सार्बजनिक हुन साथ भाईरल बन्यो । बिहिबार बिहान महाराजगञ्जमा मेलम्ची खानेपानी आयोजनाले खनेको खाल्डोमा एउटा निजि कार खस्योे । कार खाल्डोमा खसेर क्षतिग्रस्त बनेपनि चालक सामान्य घाइते भए ।

यी तिन घटना काठमडौंका सडकको अवस्थाबारेका प्रतिनिधि घटना मात्र हुन । यस्ता दुखद घटनाको सामना राजधानीबासीले हरेक क्षण गरिरहनु परेको छ । पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाले सडक खन्ने तर तत्काल नपुर्ने गरेको कारण पानी पर्दा हिलो, घाम लाग्दा धुलोमय हुने गरेको कारण सर्वसाधरण हिडन सक्ने अवस्थासमेत छैन । त्यसैगरी सडकमा हिड्ने यात्रु अब्यवस्तिथ ढल र बीच सडकमा खनिएको खाल्डोमा पुरिने घटना पनि सामान्य हुन थालेको छ । ढल सफा गर्ने बाहानामा ढलको ढक्कन खोल्ने र काम सकिएपछि बन्द नगर्ने शैलीको शिकार सामाखुशी घटना भएको स्थानीयबासीको भनाई छ ।

सो घटनाले पानी परेका बेला कहा के हुन्छ रु भनेर यतिबेला राजधानीबासी त्रसित छन । ब्यस्थ राजधानीबासी छोराछोरी बिद्यालयबाट घरसम्म आइपुग्ने हो कि होइन भन्ने त्रासमा हरक्षण रहीरहन्छन । ‘बर्षातकोे समय छ । दिनहु जसो पानी पर्छ, जब आकाशमा गड्याङ्ग गुडुङ्ग गर्छ मनमा ड्याँग्रो बज्न थाल्छ । आकाशमा बादल मडारिन्छ । त्यो भन्दा कालो बादल मनमा मडारिन्छ,’ सामाखुसी निवासी अन्जु अर्याल सापकोटा भन्नुहुन्छ । स्कुल पठाएकी छोरी घरमा नआउँदासम्म मन चिन्तित हुने गरेको अनुभुति पनि अञ्जुले सुनाउनु हुन्छ ।

‘छोरी वाहिर गएपछि घर आई नपुग्दासम्म कहाँ के हुने हो भनेर मन आँत्तिन्छ,’ अन्जुले भन्नुभयो, ‘पानी परेका बेला कहाँनिर खाल्डा खुल्डी छ रु, कहा ढल छ रु केही देखिदैन, त्यही ढलमा छोरी पर्ने हो कि भन्ने डर लाग्छ ।’ बाटोमा हिड्दा कहिले ढल, खाल्डोमा परिन्छ भनेर जोखिम मोलेरै नै हिड्रिहनु पर्दछ राजधानीबासी यतिबेला । देशको राजधानी काठमाडौंको त यो दुरावस्था छ भने दुरदराजमा रहेका गाउँको अवस्था के होला रु’ उहाँले थप्नुभयो ।

सडकको दुरावस्था र यमराजले थापेको पासो जस्तै बनेको कारण भक्तपुरस्थित सैनिक आवासीय उच्च माबिमा कक्षा ७ मा अध्यनरत टोखा ११ निवासी कितावी बराललाई स्कुलबाट घर नपुग्दासम्म डर लागिरहन्छ । ‘सधै स्कुलबाट फर्कदा पानी पर्छ । स्कुल बसले चौकीमा छोडिदिन्छ । पानी परेका बेला चौकीबाट घर पुग्दा कहा कति बेला खुल्लै छाडेका ढलमा परिन्छ रु कि नालीमा परिन्छ भन्ने त्रास मात्र हुन्छ,’ पानी पर्दा घुडासम्म पानी आउने बताउँदै किताबीले भनिन ‘कहा ढल छ रु कहा नाली छ थाहा नै हुदैन ।’

ढलले बगाएको सामाखुशीको घटना भिडियोबाट नियालेकी अनि नेपालटारको बिनिताको समाचार टेलिभिजनमा हेरेकी किताबीलाई बाटोमा हिड्दा सधै त्यो दृश्यले झस्काईरहन्छ । ‘जसका लागि बाटो बनाउन लागेको, पानीको पाइप बिछ्याउन लागेको उसैलाई मृत्यको मुखमा पुर्याउने बाटो अनि पानी किन चाहियो रु’ उनी प्रश्न गर्छिन । अर्याल र बराल मात्र होईन, अब्यवस्थित सडकका कारण ज्यान धरापमा पार्ने राजधानीबासी यतिबेला निकै आक्रोशित छन ।

सडकमा ढल ब्यवस्थित गर्न नसक्दा पानी पर्ना साथ सडक नै पोखरी जस्तो बन्ने अनि यात्रु नालीमा डुब्ने मात्र होईन । ज्यानै जानेसम्मका घटना भइरहेका छन । काठमाडौंका मुल सडक हुन, चाहे भित्री सडक, अब्यवस्थित ढल, बाटो बिस्तार, मेलम्ची खानेपानी आयोजनाको पाईप बिछ्याउने नाममा भइरहेको बेइमानी यतिबेला राजधानीबासीका लागि यमराजले थापेको पासो बनेको छ ।

बिशेषगरी त्रिपुरेश्वर नारायणस्थान, सुकेधारा, चाबहिल, गौशाला, सामाखुशी, महाराजगञ्ज, रत्नपार्क, डिल्लीबजार, सिनामगंल क्षेत्रमा बढी खाल्डाखुल्डी देखिन्छन । उक्त स्थानमा पानी पर्दा सडकनै पोखरी र नदी बन्ने गरेका छन । जसका कारण सर्बसाधरणले अकालमा ज्यान गुमाउनु परेको छ भने कति दुःख र पीडा सहनु परेको छ त्यसको कुनै लेखाजोखा छैन । मेलम्ची खानेपानी निर्देशनालय कार्यान्वयन इकाइका प्रवक्ता लिलाप्रसाद ढकालले खानेपानीको लागि विछ्याउन थालिएका पाइपले गर्दा विग्रिएका वाटोलाई चाडै नै मर्मत गर्ने बताउनु हुन्छ ।

‘मेलम्ची खानेपानी आयोजनाका लागि खनेका केही खाल्डा निश्चित समयसम्म राख्नुपर्ने बाध्यता भएका कारणले मात्र राखिएको हो । काम तीब्र गतिमा अगाडि बढेको छ, चाँडै पुर्ने काम हुन्छ,’ प्रवक्ता ढकाल भन्नुहुन्छ । उहाँले साउन १५ सम्म मेलम्चीले खनेका खाल्डा पुरीसक्ने जानकारी दिनुभयो । ढलका कारण मुत्यु हुन बाध्य बालिकालाई मेलम्ची खानेपानी आयोजनासँग नजोड्न पनि उहाँले आग्रह गर्नुभयो । सडक बिभाग भने खाल्डा पुर्ने काम नियमित भएको बताउँछ । मेलम्ची खानेपानीले ठाउँठाउँमा पिच कटिङ्ग गर्दा केही समयको लागि सडकमा खाल्डा खुल्डी धेरै भएको बताउँदै सडक बिभाग मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय प्रमुख शिबहरी सापकोटाले खाल्डा टाल्ने काम सडक बिभागको नियमित काम भएको बताउनु हुन्छ ।

उहाँले प्रधानमन्त्री शेरवहादुर देउवाले १५ दिनभित्र उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न र सडकको स्तरोन्नती गर्न निर्देशन दिनु भएसगैं सडक बिभागले एक्सन प्लान बनाएर काम थालिसकेको बताउनु भयो । काठमाडौं महानगरपालिकाका सूचना अधिकारी चन्द्रमणि भट्टराई पनि महानगरबाट एकिकृत ढंगबाट खाल्डाखुल्डी पुर्ने तयारी भइरहेको बताउनु हुन्छ । उहाँले वाटो खन्ने सवै निकायसंग छलफल गरेर ढललाई छिटो भन्दा छिटो ब्यवस्थित गरिने बताउनु भयो ।

सडकसँग सम्बन्धित विभिन्न निकायबीच समन्वय नहुदाँ ढल खन्ने र तत्काल नपुर्ने गरेको पाइएको छ । जसका कारण राजधानीबासी जोखिममा परेका हुन ।

६ श्रावण २०७४, शुक्रबार ११:४५मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *