Untitled Document

राजा महेन्द्र प्रधानमन्त्री बनाउन चाहन्थे तर मान्नुभएन पुष्पलाल

पुष्पलाल, जस्ले सिद्धान्तका लागि प्रधानमन्त्री त्यागे, झुकेनन राजासँग

जनकमान श्रेष्ठ

पुष्पलाल श्रेष्ठ परिवर्तनको सम्वाहक हुनुहुन्थ्यो । म उहाँलाई नेता भन्दा पनि दाई नै भन्थें । पार्टीभित्र कमरेड भन्ने चलन थियो त्यसबेला । तर म चाँही सबैलाई दाई र भाईको रुपमा नै सम्बोधन गर्थें । मनमोहन अधिकारीलाई पनि म दाई नै भन्थें । पुष्पलाललाई म माइला दाई भन्थें । नातामा पनि उहाँ मेरो दाई नै हुनुहुन्छ, म उहाँको फुपुको छोरा हो । शहीद गंगालाल श्रेष्ठ उहाँको जेठो दाई हुनुहुन्थ्यो । उहाँ बरोबर हाम्रो घरमा आउनु हुन्थ्यो । म परीक्षा दिन पढिरहँदा फुपु पुफु भन्दै उहाँ हाम्रो घरमा आउनु भएको थियो । म पढेकै कोठाभित्र पस्नुभयो, अनि सोध्नुभयो, खै फुपु कता जानुभयो ?’ म आफ्नै ढंगले पढिरेहेको थिँए । फेरि आमा खै भन्नुभयो । म आफ्नै तालमा पढिरहेको थिँए । एकछिन उहाँले मैले पढेको सुन्नुभएछ । यो भाइले के पढिरहेको ? भन्नुभयो । म छक्क परेर उहाँकै मुख हेरिरहेँ । आमाले पनि खै पढाइ दिने कोही छैन, के पढिरहन्छ ? मलाई पनि के थाहा ? भन्नुभयो ।

मैले यत्ति पार्टीको लागि दुःख गरेँ । यत्ति संगठन गरिसकेँ, आज म उस्लाई भेट्न जाँदा प्रधानमन्त्री दिन्छ, भोली त फेरी टंकप्रसादलाई जस्तै फुटबल हानीहाल्छ उसको काम सिद्धिएपछि । म त धोवीका कुत्ता घरको न घाटका हुन्छु दाई । त्यसैले मैले महेन्दलाई भेट नदिएको हो भन्नु भयो ।

आमाले उहाँलाई तिमिहरुले यसो हेरिदिए हुन्थ्यो नि भन्नुभयो । गंगालाल दाईले फुर्सद त छैन फुपु, बेलुका भात खाएर आउन सक्छ त भन्नुभयो । मलाई औधी खुसी लाग्यो । दाजुले पढाइ दिन्छु भन्दा । म आउँछु भने । खुसीले गएँ । तर एघार दिनसम्म जाँदा पनि घरमा दाजु भेट्न सकिन । ११ बजे तोप पड्कन्थ्यो । भाउजु यस बेलासम्म पनि खानाखान आउनु भएको छैन भन्नुहुन्थ्यो । १२ औं दिन त उहाँलाई पक्रेर लगिहाल्यो राणाहरुले । राजकाज मुद्दा लगायो । पछि शोभा भगवतीमा लगेर गोली हानी मा¥यो । म त्यतिबेला १०÷११ वर्षको थिएँ । मेरो मनमा औधी आक्रोश पैदा गर्यो । त्यहीबेलादेखि मलाई राजनीतितर्फ आकर्षण बढ्दै गयो । मलाई पढाइदिन्छु भन्ने दाजुलाई लगेर मार्यो, यो राणालाई छाडनु हुन्न भन्ने अठोट मनमनै आयो । अनि मेरो संसर्ग पनि उतै बढ्दै गयो ।

पुष्पलाल दाई पनि २००२ सालमा नेपालकै सबैभन्दा पहिलो ठुलो जुलुसमा जनताको नेतृत्व गरेर आउनु भएको थियो । मैले मखन टोलको महादेव पार्वतिको मन्दिरमा देवलमाथि चढेर भाषण गरिरहेको भेट्टाएँ उहाँलाई । नागरिक आधिकार हामीलाई चाहियो, राणाहरुले एकलौटी हुकुमी शासन चलाएर मान्छे मार्ने र दमन गर्ने कुरा हामी अव सहन सक्ने छैनौं भनेर बेजोडको भाषाण दिँदै हुनुहुन्थ्यो । मैले नागरिक अधिकार माग्दा मलाई फाँसी दिन्छ भने तयार छु । गोली हान्छ भने छाती थाप्न तयार छु भनेर चर्को भाषण दिइरहनु भएको थियो । त्यहीँबाट फैलिएको जुलुश नक्साल पुग्दा भयँकर ठुलो हुनपुग्यो ।

नेपालको सबैभन्दा पहिलो जुलुस पुष्पलालले नै हाँक्नु भएको हो । त्यहाँसम्म म पनि संगसंगै पछि लागेर गएको थिएँ । नक्सालमा राणाहरुले कार दौडाएर ल्याएर पुष्पलाल दाईको कठालो समातेर गामाला चड्कन हाने । अरु सबै भागे । ८/१० जनालाई राणाले टिपेर ल्यायो, त्यसमा महिलाहरु पनि थिए साहना र साधना दिदी बहिनी थिए । उनीहरु जहिल्यै लागिरहे । शान्ता श्रेष्ठ र नानीमैंया पनि थिए । त्यहाँबाट पद्मसमसेरको दरवारमा लगेर थुनामा राख्यो । केही महिनापछि उहाँहरुलाई छोड्यो । त्यस पछि उहाँ भारततिर लाग्नु भयो । त्यतिबेला राष्ट्रिय काँग्रेसमा लागेर काम गर्नु भयो । काँग्रेसी नेताको चालचलन उहाँलाई मन परेन । यीनिहरु पनि राजनेता हो र ? भनेर कलकत्तातिर लाग्नु भएको रहेछ । त्यही खबर सुनें मैले । उता (रत्नलाल वान्तवा) जनरल सेक्रेटरी थियो । उहाँकै संसर्गमा नेपाल कम्युनिष्ट पार्टी भनेर २००६ सालमा स्थापना गर्नुभएको हो । मलाई पनि राजनीतितिर आकर्षण भैरहेको थियो ।

नेपाली काँग्रेसको पोष्टर/पर्चा बनाउने काम काठमाडौंमा पुर्णबहादुर एमएले गर्नुहुन्थ्यो । म उहाँकोमा पनि गइरहन्थें । खासगरी राजनीतिक चाहनाकै कारण पर्चा पढ्न गएको थिएँ । पुष्पलाल दाईको भाई गौरीलाल दाईसंग गएको हो । राजनीतिक चाहनाको रुपमा पुर्णबहादुर दाईकोमा पसेको । उहाँले पोष्टर बनाउने, पर्चा टाँग्ने कामहरु गर्ने निर्देशन दिनुहुन्थ्यो । अनि गणेशमानको नाममा कृष्णबहादुर थापा भन्ने उपनाम बनाइ राखेको थियो । पैसा, सामान रजिष्टर गरेर गोरखपुर पठाउने ठेगाना थियो त्यो । उहाँले अह्राए बमोजिमको काम गर्थेँ । मान्छे हिँडेको ठाउँमा फरक फरक समयमा गर्ने निर्देशन दिनुहुन्थ्यो ।

मलाई तल्लो एरियाको काम दिनुहुन्थ्यो । गणेशमानको नाममा कृष्णबहादुर थापा भन्ने रजिष्टर गरेर पठाइदिनु हुन्थ्यो । बृटिश एम्बेसीमा लैनचौरमा थियो । म त्यहाँबाट चलानी गराउँथें । २००७ सालमा जव क्रान्ती शुरु भयो, त्यसमा मैले पनि भाग लिएँ । गौरी भक्त दाईको पहिलो सम्पर्कमा मैले चिनें । उहाँको जेठानकोमा उहाँले नै मलाई पुष्पलाल दाई चिनाई दिनुभएको हो । त्यो भन्दा अगाडि आफ्नै दाईको रुपमा चिनजान भएको थिएन । आफ्नै मामाको छोरा भएर पनि मैले यसरी भेट्न पाएको थिइन । उहाँले आफ्नो फुपुको घरमा ल्याएर राखिछोड्नु भएको रहेछ । उहाँको फुपुको घर मरुटोलमा गौरी भक्त दाईले भेटाइदिनु भयो ।

दाईले यहाँ बसिरहेको धेरै भयो, मलाई राम्रो लागेको छैन । मलाई तिमी कहाँ बस्न कस्तो होला ? भनेर सोध्नुभयो । मैले हुन्छ भने तर उहाँले फुपुलाई त थाहा नदेउ नि भन्नुभयो । फेरी अर्को अप्ठ्यारो भयो । कसरी सकिन्छ, भात खुवाउनु प¥यो । यसो सोचें । यता भात खुवाँदा पनि थाहा भैहाल्छ । संगै भएको पुरानो घरमा साथिकोबाट भात ल्याएर खुवाँछु भनें । उहाँ तयार हुनु भयो । त्यो खाली घरमा आएर उहाँ बस्नु भयो । ०७ सालमा बिराटनगरतिर गोली काण्ड चल्दै थियो । विराटनगर, भोजपुर, उदयपुरमा हमला भयो ।
यता जुलुश आयो । यहाँका राजनीतिक कार्यकर्ता सबै लगेर जेलमा हालिदिएको थियो । यहाँ मैले पनि भाग लिएको थियो । त्यहाँ कसरी भाषण दिने भनेर सोधें । मैले केही जानेको थिइन । उहाँले सिकाइ दिनु भयो । अहिले जेल हमला गर्ने बेला हैन । आत्तिने र मात्तिएर जाने काम हामीहरुको हैन । जनतालाई सम्हाल्नु पर्छ । यस्तो निचोडको अवस्थामा यिनिहरुले गोली चलाउँछ, खुकुरी चलाउँछ, दुनियाँलाई नोक्सान गर्छ । हामीले नोक्सान गर्न दिनु हुन्न, बचाउनु पर्छ । राणाको बिरुद्ध खडा भएका जनतालाई सम्हाल्नु पर्छ भनेर जोश भर्ने काम गर्नु भन्नुभयो । मान्छेलाई मार्न दिनु हुन्न भन्ने कुरा पनि सिकाउनु भयो । मलाई त्यतिबेलै रसियाको इतिहास पनि पढाउँदै हुनुहुन्थ्यो । त्यहाँ लेनिनले पनि उनीहरुको संसदको नेताहरुको साथमा भाग लिन गएको थियो । त्यो इतिहास पनि उहाँले नै पढाउनु भएको हो ।

त्यतिबेला मैले भाइहरुले नेतृत्व गर भने पनि स्वतन्त्र भएर बोलें । मैले भने शुक्रराज शास्त्रीले के भन्नु भएको थियो । होस गर्नु, दुईटा आँखा खोल्नु खुट्टाले टेक्नु भनेको कुरा हामीले बुद्धि पु¥याएर काम गर्नु पर्छ । खाली रिस मात्र झिकेर केही हुन्न । हाम्रा पुर्वजहरुलाई यिनिहरुले मारे, त्यसको बदला लिनु त छँदै छ, हामी जोशमा आएर हैन, होसमा बुद्धी पु¥याएर लडनु पर्छ भनें । मेरो पहिलो भाषण त्यही थियो, जुन पुष्पलालले नै सिकाउनु भएको हो । उहाँले मलाई पार्टीहरुको अधिवेशन गर्ने, माइन्युट लेख्ने सबै सिकाइदिनु भयो । विद्यार्थीहरुको पनि बैठक आयोजना गर्ने अफिस उहाँले नै मिलाई सक्नु भएको थियो । मदन लोचन पनि उहाँको साह्रै भक्त थिए । उहाँ एक्लै अखिल नेपाल विद्यार्थी संघको ब्यानर लेखेर एक्लै मुडामा अनसन बसिरहेको रहेछन ।

पुष्पलाल दाईले उहाँलाई सघाउनु र अरु वरपरका भाई साथि बटुलेर संगठन बनाउन सघाउनु भन्नुभयो । उहाँको निर्देशन बमोजिम म त्यहाँ गएँ । विस्तारै संगठन बनाइयो । किसान संगठनमा पनि त्यसैगरी बनाइयो । महिला संगठन पनि बनाइयो । युवक संगठन पनि खोलियो । त्यसमा पुर्णबहादुर एमएलाई अध्यक्ष बनाइयो । पुर्णबहादुर एमएलाई गणेशमानले गाली गरेकोले चित्त दुखाएर बसेको रहेछन । पुष्पलाल दाईले त्यो थाहा पाएर पार्टीमा ल्याउने कुरा गर्नु भएको रहेछ । मलाई त्यहाँ पनि पठाउनु भयो र माइन्युट लेखिदिएँ । हिलारीले सगरमाथा चढेर फर्केपछि पहिलो स्वागत टुँडीखेलमा पुर्णबहादुर एमएको नेतृत्वमा गरिएको थियो । ०११ साल फागुन ११ गते नेपाल चीन मैत्री संघ गठन गरियो ।

पुष्पलाल दाइकै निर्देशन बमोजिम पुर्णबहादुर एमए अध्यक्ष बने । नरप्रताप थापा उपाध्यक्ष र मसचिव भएर स्थापना ग¥यौं । त्यतिबेला दरवार स्कुलमा गठन गरिएको हो । त्यो अहिलेसम्म चलिरहेको छ । पुर्णबहादर एमएले मर्नु केही दिन अगाडी नारायणमान विजुक्छेलाई फाइल जिम्मा दिएर पठाउनु भएको रहेछ । यस्ता प्रायः सबै संगठनको पहिलो हस्त मेरै छ । पुष्पलाल दाईले मलाई नै जिम्मा लगाएर पठाउनु हुन्थ्यो । सोही बमोजिमको भाषा लेखेर माइन्युट बनाइन्थ्यो । (पिस्कोर खडा गर्ने) शान्तिको नाममा मान्छे जम्मा गर्ने गरिन्थ्यो । एकैचोटी कम्युनिष्टको कुरा गर्दा मान्छे डराउँछ, आउन मान्दैन भनेर शान्तिको नाममा मान्छे बटुल्ने र पछि राजनीतिक छलफल गर्ने भनेर सिकाउनु हुन्थ्यो । हामी त्यसै गथ्र्याैं । कर्मचारी संगठनको हडताल सुरु भयो । त्यसमा पनि पुष्पलाल दाइकै निर्देशनमा कमिटी बनाइएको हो । पछि त्यो नेतृत्व लिने मानिस दरवारिया भयो ।

त्यो बेलासम्म पुष्पलाल र मनमोहन अधिकारी साह्रै मिल्थे दाजु भाई जत्तिकै मित्र हुनुहुन्थ्यो । उहाँलाई कहीँ दुःख होला भनेर मलाई पुष्पलाल दाई सम्झाइहरनु हुन्थ्यो । मनमोहनलाई एउटा औषधी नभई हुन्नथ्यो । त्यो पुर्याइदेउ भन्नु हुन्थ्यो । दुई वर्षसम्म म मेयर हुँदासम्म पनि उहाँ हाम्रै घरमा बस्नु भएको थियो ।
एक दिन मनमोहनले तपाईको घरमा धेरै दिन बसें बाबु, आमा–बुवासंग पनि परिचय हुन पाएको छैन, खुरु खुरु आयो, भात खायो, बस्यो । यस्तो त राम्रो हैन नि भन्नुभयो । पछि बुवालाई भेटाइदिएँ । बुवाले मनमोहनलाई तिमिहरुले राजनीति गरेर के पाउँछौ ! केही पनि गर्न सक्दैनौ भन्दै नेवारी उखानमा छेपारोले घ्याम्पो सममाउँछु भनेर सक्छ भन्नु भएको थियो । तर उहाँले सम्झाउनु भयो बुवालाई पनि ।

त्यो समयमा मेरो बुवा आमा आफ्नो भानिजको जागिर भएको ठाउँमा जानु हुन्थ्यो । उपचार गर्नु हुन्थ्यो । जनकपुरतिर पुष्पलाल दाईको आमसाभाको लागि विहान सवेरैदेखि दिनभरी नै माइकेलाल पुष्पलाल नारा दिएर ग्रुप–ग्रुपमा मान्छेहरु जिल्ला भरी घुमिरहेको सुन्नुभएको रहेछ । माइकेलाल पुष्पलाल ! यत्रो नेता भइसक्यो ! त्यो जुलुसमा यत्रो नाम चलिसक्यो भनेर बुवा आमा छक्क पर्नु भएछ । यो त गायव भयो, यहाँ बस्दै नबसी भागेर गयो भनेको त यहाँ यस्तो संगठन गरेको रहेछ भनेर दिउँसो चार बजे भाषण थियो रे जलेश्वरमा । बुवा मुमा पनि हेर्न जानु भएछ । भाषण सुनेपछि बुढाबुढीलाई पनि धुमधाम प्रभाव परेछ , ‘बाफ्रे सारा मधेसीहरु उहाँको पक्षमा माइकेलाल पुष्पलाल भनेर नारा लगाइरहेका ।’ नचाहिने काममा लागेर दाजुलाई त मारिसक्यो भन्थे बुढाबुढीहरु । त्यस दिनदेखि यिनिहरुले यसरी देशै पल्टाउँदै रहेछ भनेर असर परेछ । त्यस दिनदेखी बुवाले छेपारोले घ्याम्पो समाउने भन्ने कुुरा गर्न छोड्नु भयो । त्यसपछि हाम घरमा केन्द्रीय कमिटीको बैठक गर्न थालियो ।

विहान बेलुका घरमा मान्छेको ताँती, भात खुवाउनु पर्ने, को आउँछ, कति जना केही थाहा नहुने । त्यसरी दुःख गरेर निर्माण गरेको पार्टी छोडेपछि एकदिन भाउजुले मलाई गाली पनि गर्नुभयो । यस्तो दुःख गरेर बनाएको पार्टी तपाईले किन छोड्नु भएको भन्दै गाली गर्नु भयो । पुष्पलालले बनाएको हाम्रो पार्टीभित्र गलत मान्छेहरु पसिसकेको आभास पाएँ । शैलेन्द्र कुमार, डिपी अधिकारी, मदनमणी दिक्षित कहिले के कहिले के ? उनीहरुको पार्टीबिरोधी कुरा मलाई चित्त बुझीरहेको थिएन ।
नगरपालिकाको चुनावमा पुष्पलाल दाई यहाँ हुनुहुन्थेन । मनहोहन दाई मेरै घरमा हुनुहुन्थ्यो । पुष्पलालले उहाँलाई त्यो जिम्मा दिनुभएको रहनेछ । उहाँकै निर्देशनमा म लागें । म मेयर पनि बने ।

त्यसबेला नेपाली काँग्रेससंग पनि मिलेर जानु पर्ने थियो । विपी कम्युनिष्टसंग मिलेर जानुपर्छ भन्ने पक्षमा नभएकोले सिधै गणेशमान सिंह संग कुरा गर्न मनमोहन दाईले निर्देशन दिनुभयो । पुष्पलाल दाईले कतिपल्ट मिलेर संयुक्त आन्दोलन गरौं भन्दा कम्युनिष्टसित हाम्रो मेल हुँदैन, संसारमा कहिँ छ र ! भनेर मेरो नीति मिलुन्जेल मेरो पछि तपाई लाग्नुस, तपाईको नीति मिले म सपोर्ट गरौंला भन्ने कुरा हुन्थ्यो । संयुक्त मोर्चाको पक्षमा विपी थिएनन् ।

गणेशमानलाई मनाएपछि विपीलाई उनैले मनाउँछन् भनेर पहिले गणेशमानलाई भनिन्थ्यो । त्यसबेला उनीहरुको प्रजापरिषदको मान्छेलाई मेयर बनाउने तर्जुमा रहेछ । गोरखा परिषदलाई उपसभापति बनाउने कुरा रहेछ । पछि प्रजा परिषद बाहेक जम्मै म तिर फर्के । मनमोहन दाईलाई सबै कुरा बताएँ । तपाईलाई सपोर्ट दिनलाई जेजे गर्न पर्छ गरौंला भन्नुभयो । काँग्रेसलाई उपमेयर मागे दिनुस भन्नुभयो । मैले त्यसै गरें । काँग्रेस नआइ कुरा मिल्ने अवस्था थिएन । चुनाव हुँदा सबैले मलाई भोट दियो । १२ मा १२ भोट आएको थियो । मेयर बनेपछि मनमोहन दाईले अँगालो हाल्नुभयो ।

पछि नगरपालिकामा काम गर्दै थिएँ । पुष्पलाल दाई यता उता घुम्दै संगठन बनाउँदै हुनुहुन्थ्यो । जहाँ पनि संगठन निर्माण गर्ने दुई जना मान्छे टिपिहाल्नु हुन्थ्यो । पक्का पक्की बनाएर आउनु हुन्थ्यो । प्रजापरिषदको शम्भुरामलाई दश चोटी भेटेर यता तान्नु भएको हो । उहाँकै निर्देशनमा म चारैतिर धाएर कुरा गर्थेँ । आन्दोलन जति काँग्रेस पार्टीले गथ्र्यो लोकाचार पुरा गर्न कम्युनिष्टलाई आउट गरेर । म उनीहरुको गोप्य बैठकमै गएर हमला गर्थेँ । हाम्रो पनि आन्दोलन हो नि भनेर । म विद्यार्थी संगठनमा पनि काम गरेको हुनाले । लाल कम्युनिष्टको पनि नेपाल विद्यार्थी युनियन थियो । गोपाल चन्द्र, त्यसको जनरल सेक्रेटरी । ऊ मसंग मिल्थ्यो । पार्टीको जनरल सेक्रेटरी थिए, गंगालाल हलुवाई ।

पुष्पलाल दाईले यो हाम्रो पार्टीमा आउ भन्दा पनि मान्दैन, दुई चार जना बटुलेर नेपाल कम्युनिष्ट पार्टी नै भनेर चलाई रहेको छ । दुनियाँलाई भ्रम पर्ने भयो । हाम्रो पनि नेपाल कम्युनिष्ट पार्टी । कि यसलाई तान्नु पर्यो  कि नाम फेर्न लगाउनु प¥यो । मैले धेरै पटक भनें मानेन तिमिले प्रयास गर भन्नु भयो । मलाई यसको बारेमा अलिअलि थाहा थियो । धेरै पढेको मान्छे पनि हैन । रुसको बोल्सेभिक र मेन्सेभिकको कुरा गर्दा यसलाई मनाउन सकिन्छ भनेर मैले दाई तपाई बोल्सेभिक भैदिनुस, पुष्पलाललाई मेनसेभिकमा पारौं भनेँ । कुरा गरेर पल्टाइदिँए । तपाई गोली बोकेर लड्नु पर्छ भन्ने, बोल्सेभिक बन्नोस, उहाँ (पुष्पलाल) नमान्ने भएकोले मेनसेभिक बनाइदिउँ । यसो हुँदा तपाई लेनिनको पक्का चेला हुने भो भनेर मनाएँ । बोल्सेभिकको परिचय छुट्टै दिनुपर्छ त्यसको लागि लाल कम्युनिष्ट नाम राखौं भनें । एकै दिनमा उसले मान्यो । पर्चा ड्राफ्ट गरिदिएँ, १९ वटासम्म बुलेटिन निकाल्न पनि सघाएँ । त्यो कामले पुष्पलाल खुसी हुनुभयो । पोलिटव्युरो दिन्छु भन्दा पनि नमान्नेलाई भयो यो कामको लागि ।

यसरी पार्टी निर्माण गरेर अगाडी बढ्दै थियो । जहाँ पनि म अगाडी बढ्थें । जहाँ पनि मञ्चमा गएर भाषण दिन्थें । पुष्पलालकै कारण मैले धेरै अनुभव हासिल गरें । यही कारण मेरा नाम चल्यो र नगरपालिकामा जितें । पुष्पलाल दाईकै संगतमा लागेर जुलुसको लिड गर्ने, भाषण गर्ने सबै सिकें । कर्मचारीको आन्दोलनमा पनि मैले दाईकै सर्पोटमा सघाएँ । पुष्पलाल दाईको बुवा सुब्बा हुनुहुन्थ्यो त्यतिबेला भक्तलाल । प्लेटफमको अध्यक्ष उहाँ हुनुहुन्थ्यो । गंगालाल दाईको पालोमा छोराको राजनीतिक आरोपमा उहाँको जागिर खोसिएको थियो । ००७ सालपछि फेरी सुब्बा भएर जागिरमा फर्किनु भयो । पुष्पलालाई सबैले असाध्यै विश्वास गर्नु हुुन्थ्यो । एक चोटी भेटेको मान्छेले उहाँलाई छोड्दै छोड्दैन थ्यो । हृदयदेखिनै माया गरेको मैले पाएँ । जहाँ पुग्यो त्यहाँ प्रभाव छाड्ने । त्यसैले अहिले पनि जताततै उहाँको नाम चम्किएको हो । यसरी डुल्ने कोही नेता छैन । उहाँले बहुत डुलेर, बहुत दुःख पाएको छ ।

एक चोटी उहाँको शैलेन्द्र कुमार हरुको पनि नाम हुनुपर्छ भनेर विरोध आएको थियो । ०११ सालतिरको कुरा हो, मनमोहन र उहाँ भात खाइरहेको बेला कुरा गरिरहनु भएको थियो । मनमोहनले पुष्पलाल दाइलाई डिपी र शैलेन्द्रलाई विरगंजमा कुरा गरें भन्दै भोली सत्ता हात परे साथि पनि नभनी मार्लाउ तिमिहरुले भनेर भपारें भनेको कुरा बहिरबाटै सुनें । पुष्पलालको नेतृत्व फेर्नुपर्छ भनेर कुरा उठेको सुनें । पेपरमा पनि विरोध आएको थाहा पाएँ ।

त्यो कुरा थाहा पाएपछि मैले पुष्पलाल दाईसंग भनें, ‘यो राम्रो भएन । आफ्नै पार्टीका नेताको विरुद्धमा संसारमा कहिँबाट पनि यस्तो विरोध आउँदैन । पार्टीकै मान्छेले तपाईको खिलाफमा पेपरमा दिइरहेको छ । म उत्तर गण्डक क्षेत्रको सचिव भएकोले सबैतिरबाट मलाइ खबर आउँछ ।’ म लड्छु दाई भनेँ । यो त पार्टी विगार्ने कुरा आयो भनेँ । उहाँले पार्टी फोर्ने कुरा नगरम भन्नु भयो । उहाँको निर्देशन मैले मान्नै पर्यो । पछि फेरी थ्रि मेन्स कमिटी भनेर ल्याए । थ्री मेन्स कमिटीको सर्कुलर पठाइदेउ भनेर मलाई जिम्मा दिनु भयो ।

मैले म पठाउँन्न दाई भनें । तपाई महासचिव खत्तम, यो के हो थ्री मेन्ससीप कमिटी ? तीन जना संगै हिँड्ने ? भनें । थ्री मेन्ससीपमा पुष्पलाल, मनमोहन, तुलसीलाल अमात्य थिए । तपाईले किन छोडेको कोही मान्दैन यो कुरा । भोली पुष्पलालको भाई भन्छ र जो नेतृत्वमा पुग्छ, मलाई पहिले हिर्काउँछ । रुषको इतिहास तपाईले पहिले पढाउनु भयो । सत्रु मार्ने यसरी नै हो विरोधीहरुले । तपाईले मलाई पार्टी फोर्ने कुरा नगर भन्नुभयो । पार्टी फोर्ने कुरा मैले गरेको हैन । अनुशासन छोड्नेको विरुद्धमा काम गर्नु प¥यो मात्रै भन्न खोजेको हो भनेर सम्झाए तर मान्नुभएन । पछिल्लो पटक पनि उहाँले यस्तो कुरा नगर बाबु, यत्रो मेहनत गरेको पार्टी फुटाउनु हुन्न भन्नुभयो । सायद यस्तो कदम चाल्दा पार्टी फुट्छ भन्ने चिन्ता लागेको हुनुपर्छ उहाँलाई । उहाँको पार्टीमाथि असाध्यै माया थियो ।

मैले त्यही दिन दाई, अव म पार्टीमा काम गर्दिन भनेर छोडिदिएँ । मनमोहन पनि हुनुहुन्थ्यो । उहाँले केही पनि भन्नुभएन । मलाई चित्त दुख्यो, पुष्पलाल दाईलाई आजैदेखि पार्टीमा काम गर्दिन भनेर फर्किएर आएँ । पछि बोलाइ बोलाई मलाई जवर्जस्त पाटनमा जिल्ला कमिटीको बैठकमा लानुभयो । पाटनेहरु बहुत कडा मिजासका । पुष्पलाल दाईले केही बोलेनन् । सबै कार्यकर्ताले सोधे, किन छोडेको भनेर ? हामी पार्टीमा लाग्नुको कारण लिडरसीपमा विश्वास गरेर हो । हाम्रो पनि ज्यान हत्केलामा छ, हामी त्यसै लागेका हैनौं भनेर यो निर्णय मान्दैनौं भनेर मिटङ नै हुन दिएनन् । कस्ले छोडाएको ? किन छोडाएको भन्दै सवै खनिए । महनमोहन र पुष्पलाललाई र्याखर्याख्ती पारे । मलाई बोल्न भने । म हेर्न मात्र आएको तमासा भनेर बोलिन । त्यो बैठकमा बहिष्कारै गरेर पठाए । तपाईले किन छाडेको हो भन्ने यथार्थ नदिएसम्म छोड्दैनौं भने ।

काँग्रेस र राजा सबैको सत्रु थियो कम्युनिष्ट । उनीहरुले नै खेलेर यो अवस्थामा पुर्याएका थिए । विपी बाँचिरहेको भए संयुक्त जनआन्दोलन पनि हुँदैनथ्यो । पार्टी भित्रको यस्तो खेल पनि काँग्रेस र सरकारले नै लगाएको हो भन्ने खुलिसकेको थियो । मैले पार्टी छोकिसक्दा पनि म जेल परें । राजालाई गाली ग¥यो, मातृकालाई गाली गर्यो भनेर शान्ति खल्बल्याएको भनेर । मातृकाले मलाई बर्खास्त गर्न खोजेको थियो मेयरबाट । जेलमा पनि पार्टीका कोही भेट्न आएनन । पछि छुटेर आएँ । पुष्पलाल दाईलाई यस्तो भयो भनेर सुनाएँ । यत्तिकै दुःख दिनेलाई छोड्न हुन्न भनेर विहारबाट वकिल झिकाइदिनु भयो । मुद्दा हालियो । त्यो त्यत्तिकै ढिसमिस भयो ।

म पार्टी छोडेर मेयर भएकै बेला कानून पढेर सकें । पछि चुनाव आयो, मैले काम गर्न सकिरहेको थिईन । ०१५ सालको चुनावमा म त्यति सक्रिय हुन सकिन ।
पुष्पलाल दाईले विश्वास गरेको शम्भुरामले सबै विगार्देको कुरा पुष्पलालको भाई विजयलालबाट थाहा पाएँ । उहाँ असाध्यै विश्वास गर्ने पुरानो साथी भनेर । आखिरीमा (उहाँ) शम्भुराम छुट्टेर जानु भो । मनमोहनको संगत खुब मिलेको थियो । पछि जेल पर्दा यिनिहरुको कुरा मिलेनछ, झगडा प¥यो बोलचालै बन्द । नेताहरुको ताल यस्तै छ । मैले सुनें पुष्पलाल दाई बहुत दुःख पाएर हिँड्नु भएको । खानपिन पनि छैन । उहाँलाई सपोर्ट गर्ने शहिद गंगालाल दाईको क्लासमेट गम्भिरमान सिंहले एक दिन बोलाएर मलाई सवै भन्नुभयो । उहाँ विरामी परेर हिँड्न नसक्ने अवस्थामा हुनुहुँदो रहेछ । एक्कासी बोलाउनु भयो । म गएँ । म यस्तो हालतमा बसिरहेकोलाई राजा महेन्द्रले पुष्पलाल तपाईले भनेपछि मान्छ भनेर खबर आयो । म उठ्न नसक्ने मान्छे, कसरी मैले बोलाउँ । यहाँ बस्या होइन । भारत निर्वासनमा बसेको मान्छे तिमीले भनेपछि मान्छ बोलाइदेउ भन्नुभयो ।

एक दिन पुष्पलाल दाई आएको बोला राती गम्भिर मानकोमा भेट भयो । उहाँले राजा महेन्द्रले भेटन खोजेका छन । सवै कुरा गरी निर्णयमा पुगौं भन्नुभएको छ भनेर राख्नुभयो । पुष्पलाल दाईले मान्नुभएन । उहाँले गम्भरमान दाइलाई भन्नुभयो, तपाईलाई साह्रै दुःख दिइरहेको छ भन्ने थाहा पाएर म आएको ।’ गम्भिरमानले दाईलाई भन्नु भयो, तिमीले भनेपछि मान्छ, पुष्पलाललाई एक पटक मसित भेटाइदेउ भनेर महेन्द्रले जोर जुलुम गरिरहेको छ ।’ तर दाई मान्नुभएन ।

‘मैले यत्ति पार्टीको लागि दुःख गरेँ । यत्ति संगठन गरिसकेँ, आज म उस्लाई भेट्न जाँदा प्रधानमन्त्री दिन्छ, भोली त फेरी टंकप्रसादलाई जस्तै फुटबल हानीहाल्छ उसको काम सिद्धिएपछि । म त धोवीका कुत्ता घरको न घाटका हुन्छु दाई । त्यसैले मैले महेन्दलाई भेट नदिएको हो भन्नु भयो । उस्ले मलाई धेरै खोजेको थाहा छ, बनारसमा पनि महेन्द्र आफैं आएर भेट्न खोजेको थियो । मैले भेट नदिएरै छलाएर बसिरहेको छु । उसको के काम लिनलाई हो ? त्यो मलाई थाहा छैन । उसले अफर गर्ला मलाई प्रधानमन्त्री देला भन्नुभयो । यो कुरा माधवकुमार नेपाललाई पनि जानकारी छ ।

त्यसबेला पुष्पलाल दाईले महेन्द्र भेटदा पार्टी र मेरो जिन्दगीमा भएको सवै राम्रा काम खत्तम हुन्छ, दाई आफैं भन्नुस । दाईले जाउँ भन्नुहुन्छ भने म जाउँला, भेटौंला । हैन भने म जान्न ।’ यत्ति भनिसकेपछि गम्भिरमान दाइले पनि भैगो नजाउ भन्दिनु भयो । त्यसपछि यहाँ बस्यो भने पक्राउ परिहालिन्छ । यतैबाट फर्किन्छु भनेर उहाँ जानु भयो । त्यसपछि पार्टीभित्रको नराम्रो कुराले मलाई पनि चुप बस्न बाध्य पा¥यो । म निस्क्रिय भएर बसे । तर पनि अहिलेसम्म त्यो हामीले दुःख गरेको पार्टी राम्रो होस भन्ने रहिरहन्छ ।

७ श्रावण २०७४, शनिबार १७:२८मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *