Untitled Document

भक्तपुरमा पर्यटन सेवा  शूल्कबाट २० करोड आम्दानी

विदेशी पर्यटकलाई भक्तपुरे कालो टोपी लगाएर भक्तपुरमा स्वागत गर्दै भक्तपुर क्षेत्र नम्बर १ का सांसद नारायणमान बिजुक्छें । फाइल तस्विर ।

भक्तपुर, साउन ८ । भक्तपुरले पर्यटन सेवा शुल्कबाट करिब २० करोड आम्दानी गर्न सफल भएको छ । गत अर्थिक वर्ष २०७२÷७३ भन्दा आर्थिक वर्ष २०७३÷७४ मा दोब्बर आम्दानीमा बृद्धि भएको हो ।

भक्तपुर नपाका पर्यटन अधिकृत गौतमप्रसाद लासिवाका अनुसार आर्थिक वर्ष पर्यटन सेवा शुल्कबाट नपाले १९ करोड ९५ लाख २८ हजार रुपैयाँ आम्दानी हो । आर्थिक वर्ष २०७२÷७३ मा भने १० करोड ९२ लाख ७५ हजार रुपैयाँमात्रै आम्दानी भएको लासिवाले बताउनुभयो ।

भक्तपुर नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ९५ हजार ५६ जना बाह्य पर्यटक भक्तपुरको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्षमा भने एक लाख ८१ हजार तीन सय ५० जना पर्यटकले अवलोकन गरेको थिए ।

नपाले भक्तपुर नगर प्रवेश गर्ने पर्यटकहरुसँग करिब १४ वटा नाकाबाट शुल्क उठाउँदै आएको छ । नपाले चीनसहित दक्षिण एसियाली मुलुकका पर्यटकहरुसँग प्रतिव्यक्ति पाँच सय रुपैयाँ शुल्क लिँदै आएको छ ।

भक्तपुर भ्रमण गर्ने पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ । यो वर्ष ९०।७८ प्रतिशतले जिल्लाको भ्रमण गरेका छन् ।

 

८ श्रावण २०७४, आईतवार १९:३२मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *