जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार १६:४६

निर्यातजन्य उद्योगीको गुनासोः नेपाली वस्तु १८ प्रतिशतसम्म महंगो  हुँदा प्रतिस्पर्धा गर्न सकेनौ


काठमाडौं, जेठ २२
निर्यातजन्य वस्तुगत संघहरुले आगमि आर्थिक बजेटले आफुहरुका पूर्ण माग संबोधन नगरेको बताएका छन् ।

बजेट आएको एक सातापछि व्यवसायीहरुले बजेटमा निर्यात जन्य वस्तुलाई प्रवद्धन गरिने बताएपनि स्पष्टरुपमा उल्लेख नगरेको बताएका छन् ।

तयारी पोशाक संघका अध्यक्ष चण्डी प्रसाद अर्यालले हामीले सरकार संग अरु देशसंग प्रतिस्प्रर्था गर्ने वातावरण बनाउन आग्रह गरेको बताउनु भयो । उहाँले भन्नुभयो ‘हामी अहिलेकै अवस्थामा विदेशी संग प्रतिस्पर्धा गर्न सक्दैनौ’।

उहाँले छिमेकी मुलुकहरुको वस्तु भन्दा १५ देखी १८ प्रतिशत सम्म नेपाली वस्तु महंगो हुँनुको साथै समुद्र संगका दुरीलामो भएकाले ढुवानी लागत बढी हुने बताउनु भएको छ । सबै निर्यातजन्य वस्तुगत संघहरुले सरकारले दिने भनेको ३ देखी ५ प्रतिशत सम्मको नगद अनुदान पनि हाल सम्म नपाएको गुनासो गरेका छन् ।

व्यवसायीहरुले सहुलियतपूर्ण कर्जाको व्यवस्था हुनुपर्ने माग गरेका छन् । उद्योगीहरुले बजेट अघिनै अर्थमन्त्रालयले सुझब माग गरे अनुसार निर्यतजन्य उद्योगलाई संचालन भएको अवधिबाट ५ वर्षसम्म र चालु उद्योगहरुलाई ३ वर्षसम्मका लागि आयकर छुट प्रदान गरिनुपर्ने बताएपनि माग संबोधन नभएको बताए ।

विदेशमा बजार प्रवद्र्धन तथा बजारिकरण, नेपालमै इन्टरनेश्नल ल्याब स्थापना गर्नुपर्ने बताएका छन् । निर्यातजन्य उद्योगको लागि आवश्यक कच्चा पदार्थहरु स्वदेश भित्र नै उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन् ।

महंगीहुनुमा पारिश्रमिक बढी हुनु, व्याजदर उच्च, कच्चा पदार्थ सबै आयत गर्नुपर्ने , दक्ष जनशक्ति नहुनु जस्ता कारण उत्पादन खर्च बढी हुँदा विदेशी संग प्रतिस्पर्धा गर्ननसकेको बताएका छन् ।

व्यवसायीहरुले सरकारले व्यपार घाटा कम गर्न चाहान्छ भने निर्यात उद्योगलाई प्रोत्साहित गर्दै केहि अवधिको लागि विशेष छुट दिनुपर्ने बताएका छन् ।