Untitled Document

एनआरएनको प्रतिनिधीहरुले भरियो क्वालालम्पुर

मलेसिया (क्वालालम्पुर)। गैरआवासीय नेपाली संघको पाँचौं एसिया क्षेत्रीय सम्मेलनका भाग लिन आएका अतिथीहरु र विभिन्न देशबाट आएका प्रतिनिधीहरुले मलेसियाको राजधानी क्वालालम्पुरमा भरिभराउ भएको छ ।

सम्मेलनमा संघका प्रमुख संरक्षक जीवा लामिछाने, सल्लाहकारहरु त्रिलोक गुरुङ, टिबी कार्की, शंकरबहादुर पौडेल, अध्यक्ष शेष घले, कुमार पन्त र भवन भट्ट र महासचिव बद्री केसी लगायत एनआरएनका कार्य समिती सदस्य एव्र विभिन्न देशका अध्यक्षहरु समेत मलेसियाको राजधानी क्वालालम्पुरमा आएका छन् केही आज आउने तयारी रहेको आयोजकले जनाएको छ ।

गैरआवासीय नेपाली संघको पाँचौं एसिया क्षेत्रीय सम्मेलनको तयारी समेत पुरा भएको छ । सम्मेलन मलेसियाको राजधानी क्वालालम्पुरमा भोलीबाट सुरु हुनेछ । गैरआवासीय नेपाली संघको पाँचौं एसिया क्षेत्रीय सम्मेलनमा जापान, हङकङ, मकाउ, सिंगापुर, थाईल्याण्ड, अष्ट्रेलिया, जर्मनी, साउदी अरेबिया, कतार, इण्डोनेसियालगायतका देशबाट गैरआवासीय नेपालीका प्रतिनिधिहरु सहभागी हुन मलेसिया आएका छन् ।

एसिया क्षेत्रीय सम्मेलनमा नेपाली कामदारको हित र लगानीका विषयमा छलफल केन्द्रित हुने आयोजकले जनाएको छ। परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले क्षेत्रीय सम्मेलनकोे उदद्दाटन गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरिन्जीवि नेपालको पनि कार्यक्रममा सहभागिता हुने छन् ।

सम्मेलनकै पूर्व सन्ध्यामा आज फुटसल खेल प्रतियोगिता हुनेछ भने सोही दिन अपरान्ह ४ बजे क्वालालम्पुरको होटल ग्राण्ड कन्टिनेन्टलमा नेपाली दूतावास, विभिन्न नेपाली समुदायका प्रतिनिधिहरु, व्यवसायी, पत्रकार, श्रमिकलगायत सरोकारवालाहरुसँग अन्तरक्रिया हुने बताइएको छ ।

कामदारको हितमा केन्द्रित गर्ने गरी आयोजना गरिन लागेको सम्मेलनलाई सबैले निकै महत्व दिएका छन् । मलेसियाले यसअघि नै कल्याणकारी कोषको घोषणा गरिसकेको छ र सो कोषमा करीव दश लाख रुपैयाँ जम्मा भैसकेको छ ।

५ चैत्र २०७३, शनिबार ०९:२०मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *