Untitled Document

अफगानिस्तानको काबुलमा भएको आत्मघाती कार बम बिस्फोटमा परि ३० जनाको मृत्यु

काठमाडौ, साउन ९

अफगानिस्तानको राजधानी काबुलमा आज भएको आत्मघाती कार बम बिष्फोट हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । ४२ जना घाईते भएका छन् । आक्रमण काबुलको पश्चिममा रहेको शिया बाहुल्य क्षेत्रमा भएको स्थानिय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । विष्फोटबाट खनिज मन्त्रालयका कर्मचारी चढेको बसमा समेत क्षति पुगेको छ । आक्रमणको जिम्मा तालेवान बिद्रोही समुहले लिएको छ । अफ्गानिस्तानका विभिन्न क्षेत्रमा इस्लामिक अतिवादी समुह आईएस र तालेवान बिद्रोहीले पटक पटक आक्रमण गर्दै आएको छ । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१७ जुनसम्म विभिन्न आक्रमणमा परी १ हजार ६ सय ६२ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।

९ श्रावण २०७४, सोमबार १३:५९मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *