Untitled Document

अपडेट : बाग्लुङ दुर्घटनाका गम्भिर घाइतेलाई हेलिकप्टरबाट काठमाडौ ल्याइयो

काठमाडौ, साउन ९

बाग्लुङको बडिगाड गाउपालिकामा आज विहान भएको पिकअप दुर्घटनाका घाइतेलाई थप उपचारका लागी काठमाडौ ल्याइएको छ । सेनाको हेलिकप्टरबाट गम्भिर घाइते भएका ६ जनालाई थप उपचारका लागी काठमाडौं ल्याइएको हो ।
घाइते मध्ये कसैको टाउको फुटेको, कसैको मेरुदण्ड भाचिएको तथा केहीको हात खुट्टा भाचिएको छ । सबैको काठमाडौको ग्राण्डी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका वडिगाड वडा नं ८ रणसिंह घर भई हाल ग्वालीचौर वस्दै आएका भिम वहादुर शेर्वुजा, बडिगाड वडा नं ८ रणसिंहका टेक वहादुर पाइजा र सोहि स्थानकै दिपशिखा पाइजा, बालमाति पाइजा, दिनेश पाईजा, र पाण्डवखानी घर भई वडिगाड ५ सिमाक वस्दै आउनुभएका भिम वहादुर श्रीसलाई काठमाडौं ल्याइएको हो । दुर्घटनामा घाइते भएका बडिगाड गाउँपालिका वडा नं ८ कै बालमति पाइजा, दिनेश पाईजा र पाण्डवखानी घर भई वडिगाड ५ सिमाक वस्दै आउनुभएका भिमवहादुर श्रीसको भने प्राथमिक स्वास्थ्य केन्द्र ग्वालीचौरमा उपचार भैरहेको छ। दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो ।

९ श्रावण २०७४, सोमबार १५:०६मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *