Untitled Document

डेढ महिनापछि देउवाद्धारा मन्त्रीमण्डल विस्तार, १९ मन्त्रीले लिए सपथ

काठमाडौ, साउन ११

प्रधानमन्त्री शेरबहादुर देउवाले आफु प्रधानमन्त्री भएको डेढ महिनापछि मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । लामो रस्साकस्सी र विवादका विच १९ जनालाई मन्त्रीमण्डलमा समावेश गराउनु भएको हो ।
नेपाली काग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा सयुक्तबाट एक जना मन्त्री देउवा मन्त्रीमण्डलमा थपिएका हुन् । नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति कार्यलय शितल निवासमा पद तथा गोपनियताको सपथ लिएका छन् । भीमसेनदास प्रधानलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सुचना तथा संचार मन्त्रालयको जिम्मेवारी मोहन बस्नेतलाई दिइएको छ ।

कुन पार्टीबाट कसले कुन मन्त्रालय पायो त ?

नेपाली काग्रेसबाट

भीमसेनदास प्रधान : रक्षा
वीरबहादुर बलायर : भौतिक पूर्वाधार तथा यातायात
यज्ञबहादुर थापा : कानुन
मीन विश्वकर्मा : वाणिज्य
मोहन बस्नेत : सूचना तथा सञ्चार
सञ्जय गौतम : सिँचाई
रामकृष्ण यादव : कृषि
राजन केसी : युवा तथा खेलकुद
अम्बिका बस्नेत : सहकारी तथा गरिबी निवारण
महेन्द्र यादव : खानेपानी तथा सरसफाई

माओवादी केन्द्रबाट

गिरिराजमणि पोखरेल : स्वास्थ्य
महेन्द्रबहादुर शाही : ऊर्जा
टेकबहादुर बस्नेत : सामान्य प्रशासन
शिवकुमार मण्डल : आपूर्ति
सन्तकुमार थारु चौधरी : पशुपन्छी विकास
आशा खनाल कोइराला : महिला तथा बालबालिका

नेपाल लोकतान्त्रिक फोरम

जितेन्द्रनारायण देव : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
गोपाल दहित : भूमिसुधार

नेकपा स‌ंयुक्त
मिथिला चौधरी : जनसंख्या तथा वातावरण

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका काँग्रेस सभापति देउवाले प्रधानमन्त्रीको शपथसँगै जेठ २४ गते आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

यसअघि नै लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महरा उपप्रधान र परराष्ट्र, काँग्रेसका गोपालमान श्रेष्ठ उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ । त्यसैगरी, काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ र फर्मुल्लाह मन्सुरले श्रम तथा रोजगार तथा माओवादी केन्द्रका जनार्दन शर्माले गृह र प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

July 26, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *