Untitled Document

उम्मेद्धारीको विषयलाई लिएर अमेरिकाको एनआरएन विघटनको अवस्थामा

टेक्सस, अमेरिका, साउन १२–

गैर आवासीय नेपाली संघ एनआरएन अमेरिकाको उम्मेदवारीका विषयलाई लिएर उत्पन्न विवादका कारण संस्थानै विघटनको अवस्थामा पुगेको छ ।
अध्यक्षका बलिया उम्मेद्धार गौरीराज जोशीको उम्मेद्धारी नै अवैध बनाउने खेल शुरु भएपछि उत्पन्न विवादका कारण सस्था नै विघठनको अवस्थामा पुगेको हो । आउँदो महिना हुन लागेको निर्वाचनमा जोशीको उम्मेदवारीनै अवैध बनाउने प्रयासमा वर्तमान कार्यसमितिदेखि एनआरएन अन्तर्राष्ट्रिय समितिका केही पदाधिकारीहरुले समेत हस्तक्षेप गर्न थालेका छन् ।
एनआरएन अमेरिकाको निर्वाचनमा सबैभन्दा बलिया उम्मेदवारका रुपमा जोशीलाई लिइएको थियो । तर उहाको उम्मेदवारीका लागि योग्यता नपुगेको भन्दै निर्वाचन समितिले पहिलो चरणमै उम्मेदवारको नामावलीमा पारेको थिएन । एनआरएन अन्तर्राष्ट्रिय समितिबाट अमेरिका हेर्ने क्षेत्रीय संयोजक सोनाम लामाको व्यक्तिगत दवावमा निर्वाचन समितिले जोशीको नाम उम्मेदवार सूचिमा नपारेपछि एनआरएन आइसिसीका महासचिव बद्री केसीले जोशी उम्मेदवार हुन योग्य हुने भनेर पत्र पठाएपछि विवाद अझै ठुलो भएको हो ।
लमाले महासचिव केसीलाई पत्र लेख्ने अधिकार नभएको भन्दै अध्यक्ष शेष घलेलाई गुहारेका थिए । अध्यक्ष घलेले एनआरएन अमेरिकाको विधान अनुसार नै निर्वाचन गर्न सकिने जवाफ दिदै महासचिवको पत्र निलम्बन गरिदिएका छन् । यस विवादका कारण अध्यक्ष शेष घले र महासचिव बद्री केसीबीच पनि विवाद श्रृजना भएको छ । महासचिव केसीले आपूmले विधान अनुसारनै पत्र लेखेको दावी गर्दै आपूm गलत भए कारवाही गरेर देखाउन चुनौति दिनु भएको छ । एनआरएन अमेरिकाको अध्यक्षको उम्मेदवारीका विषयलाई लिएर ठूलो विवाद भएपछि अब निर्वाचन हुने कि नहुने अन्यौल बढेको छ । अगष्ट ११ र १२ गते अनलाइन भोटिङ मार्फत चुनाव हुनेगरि निर्वाचन समितिले यसअघि नै कार्यतालिका प्रकाशित गरिसकेको छ ।

आखित कसरी विवाद श्रृजना भयो त ?

एनआरएन अमेरिकाको विवादको मुल कारण गौरीराज जोशीको नाम उम्मेदवार सूचिमा नपर्नुनै हो । एनआरएन आइसिसीको विधान अनुसार अध्यक्ष हुन योग्यता नपुगेको शंकामा निर्वाचन समितिले जोशीको नाम उम्मेदवारको सूचिमा पारेन ।
एनआरएनको विधानमा अध्यक्षको उम्मेदवार हुनका लागि एक कार्यकाल कार्यसमितिमा रहेर काम गरिसकेको हुनुपर्ने प्रावधान छ । जोशीले विगतमा कार्यसमितिमा रहेर काम नगरेको शंका गर्र्दै निर्वाचन समितिले नामावलीमा उहालाई नराखेको हो । तर जोशीले आपूm एनआरएन अमेरिकाको तदर्थ समितिमा रहेर सन् २००७ देखि २००९ सम्म काम गरिसकेको स्पष्ट पार्नुभएको छ । उहाले यस विषयमा आफुले प्रमाण निर्वाचन समितिलाई बुझाएको बताउनु भएको छ ।
तर एनआरएनका क्षेत्रीय संयोजक सोनाम लामा र सहसंयोजक एसी शेर्पा भने कुनै पनि हालतमा जोशीलाई उम्मेदवार हुन नदिने रणनीतिमा उत्रिएपछि विवाद श्रृजना भएको हो । वर्तमान अध्यक्ष केशव पौडेल र जोशीबीच छलफल भएर पौडेल उम्मेदवार नहुने समझदारी भएपछि जनसम्पर्क समिति अमेरिकाले जोशीलाई नै अघि सार्ने तयारी गरेको थियो । तर लामाले जोशीलाई कुनै पनि हालतमा नस्विकार्ने संकेत पाएपछि जनसम्पर्क समितिका केही नेताहरुले पौडेललाई फेरि उम्मेदवार हुन दवाव दिए । पौडेलको पुनः उम्मेदवारीप्रति चित्त नबुझाएर वर्तमान कार्यसमितिका अन्य तीन उपाध्यक्षहरु कृष्ण पोखरेल, रबिना थापा र राम पोखरेल समेत उम्मेदवार भएका छन् ।
जोशीमात्र पौडेललाई टक्कर दिनसक्ने सबैभन्दा बलियो उम्मेदवार भएका कारण विधानको लफडा झिकेर उहालाई उम्मेदवारको दौडबाट बाहिर पठाएको उनी निकटस्थहरु ब्ताउछन् । स्मरणीय के छ भने–एनआरएन अमेरिकाको विधानमा दुईवर्षसम्म लगातार साधारण सदस्य भएको व्यक्ति अध्यक्षको उम्मेदवार हुन पाउने गरि बाटो खुल्ला गरेको छ । तर एनआरएन आइसिसीको विधानमा यस्तो खुकुलो व्यबस्था छैन भन्दै लामा र शेर्पाले निर्वाचन समितिलाई पत्र लेखेर दवाव दिएपछि जोशीको नाम उम्मेदवारको पहिलो सूचिमा पारिएको छैन ।
अहिलेको एनआरएन अमेरिकाको विवादले जोशीलाई संसारभरि छरिएका नेपालीहरुले चासोपूर्वक हेरेका छन् । युवाहरुलाई समेट्ने, नेपाली समुदायलाई अमेरिकामा स्थापित गर्ने, नेपाली समुदायहरु रहेका ठूला शहरहरुमा सामुदायिक केन्द्र स्थापना गर्ने लगायतका आकर्षक योजना लिएर उनी चुनावी अभियानमा अघि बढेका थिए ।

१२ श्रावण २०७४, बिहीबार १२:५५मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *