Untitled Document

विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यशाला

भक्तपुर, साउन १२ । मध्यपुर थिमी नगरपालिका वडा नं १, दिव्यश्वरीमा संचालित १ दिने वडास्तरीय विपद् जोखिम न्यूनीकरण सम्वन्धि कार्यशाला सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्धारा वृटिश रेडक्रसको आर्थिक सहयोगमा संचालित उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम अन्तर्गत सो कार्यशाला सम्पन्न भएको हो ।

उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रमको बारेमा वडास्तरका सरोकारबाला निकायहरु, संकटासन्न लक्षित समुहहरु, अन्य शहरी नागरिकहरु, स्थानीय क्लवका प्रतिनिधिहरु, अनौपचारीक संगठनका प्रतिनिधिहरु समेतलाई जानकारी गराउन तथा विपद् जोखीम न्यूनिकरणका लागि नेपाल रेडक्रस सोसाइटीले गरेका प्रयासहरुको बारेमा वडास्तरमा रहेका सरोकारवाला निकायहरुलाई जानकारी गराउने उद्देश्यले आयोजित कार्यशाला ३ नं वडा कार्यालयका वडाध्यक्ष सुरज खड्काले उद्घाटन गर्नुभएको थियो ।

कार्यशालाको उद्घाटन गर्दै वडाध्यक्ष खड्काले २०७२ सालको भूकम्पबाट भएको क्षतिबाट पाठ सिक्दै वडा तथा समुदायको विपद् जोखिम न्यूनीकरणका गतिविधिहरु संचालनको लागि अग्रसर हुनु पर्ने बताउनुभयो । कार्यशालामा भक्तपुर रेडक्रसका मन्त्री परशुराम पाण्डले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले विपद् पूर्वतयारी तथा प्रतिकार्यमा संचालन गरेको मानवीय सेवाका गतिविधिहरुका बारेमा प्रस्तुती गर्नुभएको थियो ।

जिल्ला कार्यक्रम संयोजक दिनेश थापाले उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्दै कार्यक्रमले तय गरेका आशातीत उपलब्धीहरु र गतिविधिहरुका बारेमा जानकारी गराउनुभएको थियो । कार्यशालामा वडा स्तरमा संचालन गरिने प्राथमिक उपचार, खोज तथा उद्धार, विपद् राहत कोष स्थापना, वडास्तरीय विपद् पूर्वतयारी योजना निर्माण लगायत समुदायलाई विपद् उत्थानशील बनाउनको लागि सरोकारवाला निकायहरुको सहकार्य, समन्वय र तत्परता हुनुपर्नेमा सहभागिहरुले जोड दिए ।

उहाँहरुले वडामा गठित टोल सुधार समितिको सहभागितामा विपद् राहत कोष स्थापनामा गरिनु पर्ने भन्दै नेपाल रेडक्रस सोसाइटी र नगरपालिका तथा वडा कार्यालयले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा अग्रणी भूमीका खेल्नुपर्ने बताउनुभएको थियो । उहाँहरुले विद्यालयलाई विपद्को अवस्थामा सुरक्षित स्थानको रुपमा प्रयोग गरिने भएकोले पूर्वतयारी स्वरुप गैह्र खाद्य सामग्रीहरुको भण्डारण विद्यालयमा गर्नुपर्ने बताउनुभयो ।

२२ पुरुष र २४ महिला गरी जम्मा ४६ जनाको सहभागिता रहेको कार्यशाला दिव्यश्वरी उपशाखा तदर्थ समितिको समन्वयमा मध्यपुर थिमि नगरपालिका ३ नं वडा कार्यालयमा संचालन गरिएको थियो । कार्यशालामा सहभागिहरुलाई धन्यवादज्ञापन गर्दै दिब्यश्वरी तदर्थ समितिका संयोजक निर्मला थापाले मानवीय सेवामा समर्पित रेडक्रसमा आवद्ध भई सामाजिक कार्यमा आवद्ध हुन अनुरोध गर्नुभयो ।

१२ श्रावण २०७४, बिहीबार २२:१४मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *