जनता टाइम्स

२४ जेष्ठ २०७६, शुक्रबार २०:१५

मोरङ ब्यापार संघमा प्रकाश मुन्दडा अध्यक्ष निर्वाचित, बिपक्षी टीम क्लिनस्वीप


मोरङ, जेठ २४

मुलुककै सवैभन्दा पुरानो इतिहास भएको मोरङ ब्यापार संघको अध्यक्षमा प्रकाश मुन्दडा निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणना परिणामलगत्तै कार्यसमिति बैठकले मुन्दडालाई अध्यक्ष चयन गरेको हो ।

निर्वाचनमा मुन्दडा नेतृत्वको टीमले क्लिनस्वीप गरेको छ । संघको ६४ औं साधरण सभाबाट मुन्दडाको अध्यक्षतामा ३२ औं नेतृत्व चयन भएको हो । तथा निर्वाचनमा मुन्दडाको टीमले निवर्तमान बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत नेतृत्वको टीमलाई क्लिनस्वीप गरेको हो । निर्वाचनमा मुन्दडा टीमकै उम्मेदवारहरु अनिल शारडा, अनुपम राठी, अमित सारडा, आशिष जाजु, दिपेस सुवेदी, पवन राठी, सुनिल टिवडेवाल निर्वाचित हुनुभएको छ ।

यसैगरी अनिलकुमार साश, बिकाशकुमार बेगवानी, देवाशिष गोल्छा, मनिषकुमार मारु, अनिल शाह, नविन रिजाल, बिनित सिंघानिया, राजेशकुमार अग्रवाल र सुसिल सुराना निर्वाचित हुनुभएको छ । यसअघि नै बस्तुगततर्फ सञ्जय श्रेष्ठ र सन्तनु रेग्मी तथा शाखाबाट नवराज चापागाई निर्विरोध निर्वाचित हुनुभएको थियो ।

निर्वाचित सवै मुन्दडाको समुहबाट उम्मेदवार बनेका हुन । अध्यक्षमा चयन भएसँगै मुन्दडाले मोरङ ब्यापार संघलाई सवैको साझा बनाउने घोषणा गरेका थिए । नवनिर्वाचित अध्यक्ष मुन्दडा ब्यापारीबचि निकै लोकप्रिय युवा उद्यमी हुनुहुन्छ । सवैसँग मिल्ने र ब्यापारमा बिशेष दख्खल राख्ने मुन्दडाको स्वभावकै कारण बिपक्षी टीमलाई क्लिनस्वीप गर्न सफल भएको आम ब्यवसायीहरुको भनाई छ ।