Untitled Document

दोलखाको कालिञ्चोकमा आगामी साउन २२ र २३ गते ‘कालिञ्चोक चौरी महोसत्व’

किरण बुढाथोकी÷कालिञ्चोक । धार्मिक तथा प्राकृतिक स्थलका रुपमा परिचीत दोलखाको कालिञ्चोकमा आगामी २२ र २३ गते ‘कालिञ्चोक चौरी महोसत्व’ आयोजना गरिने भएको छ । कालिञ्चोक गाउँपालिकाको आयोजनामा पहिलो पटक यस्तो महोत्सव आयोजना गरिन लागिएको हो ।

महोसत्वमा चौरी तथा याकहरुको प्रर्दशन, सांस्कृतिक झाक्रीहरुको प्रदर्शन, चौरीजन्य उत्पादनहरुको प्रदर्शन तथा बिक्रीवितरण, चौरीपालसम्बन्धी विज्ञहरुबाट जानकारी, उत्कृष्ठ चौरी छनौट तथा चौरीपालक कृषहरुलाई पुरस्कार, किसान कार्ड वितरण, पशु स्वास्थ्य शिविर र जनस्वास्थ्य शिविर आयोजना गरिने कालिञ्चोक गाउँपालिका प्रमुख विनकुमार थामीले जानकारी दिनुभयो ।

 

१३ श्रावण २०७४, शुक्रबार २२:००मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *