Untitled Document

‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ बनाइने

काठमाडौँ, साउन १४

योगाभ्यास र पञ्चकर्मबारे सेवा दिन बुढानिलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टर बन्ने भएको छ । स्वास्थ्य मन्त्रालय, आयुर्वेद विभागको करिब १४ रोपनी जग्गामा ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ निर्माण हुन लागेको हो ।

विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले सामान्य जनतादेखि विशिष्ट, अति विशिष्ट व्यतित्वका लागि ठूलो योग सेन्टर बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले त्यहाँ प्रशासनिक भवन बन्दैछ, जसका लागि रु एक करोड ५० लाख रुपैयाँ छुट्टाइएको छ, अन्य भवनका लागि नक्साङकन डिजाइन भइरहेको छ र पुरै भवनको मास्टरप्लान बन्दैछ, यो प्रोजेक्ट सम्पन्न गर्न करिब रु एक अर्ब खर्च हुने अनुमान गरिएको छ ।’’

सेन्टरले मानिसलाई योग गर्नुपर्छ भन्ने बानीको विकास गर्ने विभागको भनाइ छ । केन्द्रमा सेन्टर बनाएपछि सातै प्रदेशमा यस्तो योग केन्द्र खोल्ने योजना छ, जुन नसर्ने रोगको न्यूनीकरणमा महत्वपूर्ण हुने बताइएको छ ।

सेन्टरमा स्वस्थ जीवनशैली, सन्तुलित खानपान, योग, पञ्चकर्म, अकुपञ्चरलगायतका सेवा दिई नसर्ने रोगका लागि काम हुने महानिर्देशक उपाध्यायको भनाइ छ ।

१४ श्रावण २०७४, शनिबार १९:५५मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *