जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार १०:५१

यसकारण हेर्न मिल्दैन न्यायाधीश प्रकाश राउतले नेपाल रेडक्रसको मुद्दा (प्रमाणसहित)


काठमाडौं, जेठ २६

सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एउटा फैसलाले न्यायालयमाथि नै गम्भीर प्रश्न उठाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले न्यायालयको गरिमा बढाउने अभियान चालिरहेनुभएको बेला न्यायाधीश राउतले न्यायाधीश हुनुअघि आफै कानूनी सल्लाहकार रहेको नेपाल रेडक्रसको मुद्दा हेरी मित्रलाई पुनर्बहालीको आदेश दिनुभएपछि यस्तो अवस्था पैदा भएको हो ।

न्यायाधीश राउतलेहेर्न नमिल्ने निवेदन दिइसकेको अवस्थामासमेत नेपाल रेडक्रसको मुद्दाको सुनुवाई गर्दै गत मंगलवार बिघटित कार्यसमितिलाई पुनर्बहालीको आदेश दिनुभएको थियो । उहाँको सो कामबाट सर्वाेच्चको सुधार अभियान र न्यायाधीशको आाचारसंहिताको धज्जी उडाएको छ । राउत न्यायाधीश हुनुपहिला नेपाल रेडक्रस सोसाइटीको कानुनी सल्लाहकार हुनुहुन्थ्यो । उहाँको प्रतीक ल फर्मले रेडक्रसमा कानुनी सेवा दिन्थ्यो । राउत आफैं निवेदन लेखेर बिल पनि आफैं हस्ताक्षर गरी पठाउने गर्नुभएको थियो ।

जिल्ला एउटै र पारिवारिक रुपमा पनि निकै घनिष्ठ रहेका नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा उहाँको निवेदनअनुसार भुक्तानीका लागि तोक लगाउनुगर्नुहुन्थ्यो । राउत आफैले हस्ताक्षर गरी भुक्तानी गर्नुहुन्थ्यो । न्यायाधीश भएपछि उहाँले न्यायाधीशकै आचारसंहिताबिपरित थापाले न दिएको मुद्दा हेरेर पुनर्बहालीको आदेश दिएपछि बिवादमा तानिनुभएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश राउत थापाका हरेक पारिवारिक भेटघाटमा समेत सहभागी हँदै आउनुभएको छ । थापाको छोराको बिहेमा समेत उहाँ लामो समय बस्नुभएकोथियो । उहाँकै एकल इजलासबाट अहिले थापालाई पुनःस्थापना गरिएको छ । थापामातहत काम गरेको विगतका कारण यसअघि उहाँका मुद्दामा राउतलाई सर्वोच्चले ‘हेर्न नमिल्ने’ भनेर दिँदैनथ्यो । यसअघि सपुतबहादुर कार्कीले थापाविरुद्ध दायर गरेको मुद्दाको पेसी २०७५ वैशाख १९ गते अनिलकुमार सिन्हा र राउतको इजलासमा परेको थियो । सर्वोच्चले हेर्न नमिल्ने भनी पन्छाएको थियो । तर राउतले पुरानो कानूनी सल्लाहकार रहेको संस्थाको मुद्दा हेरेरजिताइ दिनुभएको हो ।

समयभित्र महाधिवेशन नगर्नुका साथै रेडक्रसमा अनियमितताको उजुरी बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेठ ६ गते थापा नेतृत्वको कार्यसमिति विघटन गरी नयाँ तदर्थ बनायो । त्यसविरुद्ध थापा सर्वोच्च जानुभएको थियो । उहाँको मुद्दा राउतकै इजलासमा पर्यो । उहाँले आफैं हेर्न नमिल्ने भनेनन्, सर्वोच्चले पनि रोकेन । अन्ततः आदेश भयो, ‘थापाको पुनःस्थापना गर्नू ।’

हेर्नाेस राउत इजलाशको आदेश र रेडक्रसबाट पारिश्रमिक बुझेको प्रमाण

न्यायाधीश राउतको यो कामले यतिबेला सर्वाेच्चका न्यायाधीशसमेत चकित बनेका छन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासमेत तनावमा पर्नुभएको छ ।