Untitled Document

फैसलाले जनमतको कदर गरेको छ : रेणु दाहाल

रत्ननगर (चितवन), साउन १५

चितवनको भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार  दाहालले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले फैसलाले जनताको अभिमतको कदर गरेको र जनताको पक्षमा फैसला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कानुनलाई सर्वोपरी ठान्ने व्यक्तिको नाताले यो निर्णय सहर्स स्वीकार्दै सम्मान र स्वागत गर्दछु ।”

चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणनाका क्रममा गत जेठ १४ गते राति मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको थियो । उक्त वडामा निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेपछि सोही वडाका एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले आयोगको निर्णय विरुद्ध सर्वाेच्चमा मुद्धा दायर गर्नुभएको थियो ।

१५ श्रावण २०७४, आईतवार २१:५३मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *