जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार १६:४४

ठमेलमा बलिउड गायिकाले प्रस्तुति दिँदादिँदै आयोजक पक्राउ


काठमाडौं, जेठ २६

बलिउडकी गायिका नेहा कक्कडले प्रस्तुति दिँदै गर्दा कार्यक्रम आयोजक नै पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका डीएसपी सन्तोष सिंह राठौरका अनुसार आयोजकले कार्यक्रमस्थल लड अफ ड्रिंस क्लबमा क्षमता भन्दा बढी टिकट विक्रि गरेपछि दर्शकले विवाद गर्न थालेकाको र अवस्था असहज भएपछि ठमेल तनाव ग्रस्त बन्यो त्यसपछि ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कार्यक्रमका आयोजक दीपक घिमिरे तथा लर्ड क्लबका सञ्चालक भुपेन गिरि र अर्का एक जना संचालक रहेको प्रहरीले जनाएको छ । २५ सय दर्शक क्षमताको लर्ड अफ ड्रिङ्क्समा आयोजकले क्षमता भन्दा धेरै टिकट वितरण गरेको प्रहरीको भनाई छ । ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्नुभएको थियो ।