Untitled Document

आर्थिक समृद्धिका लागि एमाले पहिलो शक्ति बन्नुपर्ने :वरिष्ठ नेता खनाल

 

काठमाडौँ,साउन १७

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देशको आर्थिक समृद्धिका लागि एमाले तीनै तहको निर्वाचनमा पहिलो शक्ति बन्नुपर्ने बताउनुभएको छ ।

बिसौँ तुल्सीलाल स्मृति दिवसका अवसरमा आज यहाँ तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरिएको सम्मान समारोहमा उहाँले भन्नुभयो –“एमाले पहिलो शक्ति भए मात्र देशको आर्थिक समृद्धि हुन्छ ।”

“दुई चरणको स्थानीय तहको निर्वाचनमा एमाले पहिलो पार्टी बनेको छ”, उहाँले भन्नुभयो, “अब हुने केन्द्रीय र प्रदेशको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्नुपर्दछ ।”

नेता खनालले असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने बताउँदै अहिलेको संसद्बाट कुनै हालतमा पनि संविधान संशोधन हुन सक्दैन् भन्नुभयो ।

केन्द्रीय र प्रदेश तहको निर्वाचनपछि संशोधनका बारेमा सोच्न सकिने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपालको लोकतान्त्रिक एवम् कम्युनिष्ट आन्दोलनमा राजनीति क्षेत्र र संगीत गायन क्षेत्रबाट विशेष योगदान पु¥याउनु हुने राष्ट्रिय व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा राजनीति क्षेत्रबाट एमालेका नेता भरतमोहन अधिकारी तथा गायन क्षेत्रबाट गायक तथा सांसद जेबी टुहुरे छन् । सो अवसरमा नेता खनालले प्रतिष्ठानमा रहेका तुल्सीलालको शालिकको अनावरणसमेत गर्नुभयो ।

१७ श्रावण २०७४, मंगलवार २१:३५मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *