जनता टाइम्स

२७ जेष्ठ २०७६, सोमबार १२:२८

५ करोड ७७ लाख ठगेर फरार अस्पताल सञ्चालक पक्राउ


काठमाडौं, जेठ २७

४० जनाबाट करोडौं रकम ठगेर फरार रहेका पर्साका एक अस्पताल सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२ का एसिया मेडिकेयर हस्पिटल प्रालिका सञ्चालक सुरज कुमार सर्राफ रहेका छन् ।

उनले विभिन्न व्यक्ति तथा संस्थालाई ५ करोड ७७ लाख ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ । यस्तै वीरगञ्ज महानगरपालिका–१० का नितेश सर्राफ १० लाख ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनले रामकेवल मण्डलबाट १० लाख रकम लिएर फरार भएका थिए ।