जनता टाइम्स

२७ जेष्ठ २०७६, सोमबार १४:२१

पत्रकार सूर्य थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड


न्यूयोर्क, जेठ २७

अमेरिकामा रहेका नेपाली पत्रकार सूर्य थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्रदान गरिएको छ । बिगत लामो समयदेखि अमेरिकामा रहेर नेपाली समुदायमा सकृयतापुर्वक पत्रकारिता गरेका थापालाई समुदायका हितका लागि गरेको कार्यको हौसला स्वरुप सर्भिस अवार्ड प्रदान गरिएको हो ।

समुदायको हितका लागि काम गर्ने ब्यक्तिहरुलाई प्रोत्साहन स्वरुप प्रदान गरिने यो सर्भिस अवार्ड पत्रकार थापालाई शिकागोमा आईतबार भएको एक बिषेश कार्यक्रममा ईलोनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले प्रदान गर्नुभयो । अवार्डमा आफ्नो समुदायको हित हुँदै देशको हितका लागि काम गर्नेहरुलाई प्रदान गरिने यस अवार्डबाट तपाईलाई गोल्ड सर्भिस अवार्ड प्रदान गरिएको र आगामी दिनमा पनि थप सकृयताको शुभकामना गर्दछौं भन्ने शब्द लेखिएको छ ।

अवार्ड प्रदान कार्यक्रममा एनआरएन अमेरिकाका नवनिर्वाचित उपाध्यक्ष बुद्धि सुवेदी, शिकागो क्षेत्रका लागि पर्यटनदुत समाजसेवी बाला घिमिरे, नेजाका महासचिव किरण मरहठ्ठा लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । अवार्ड प्रदान गर्दै ईलिनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले पत्रकार थापाको उज्जवल भविश्यको कामना गर्दै समुदायको हितका लागि थप सकृय हुन शुभकामना दिनुभयो । जेशी ह्वाईट अमेरिकाको डेमोक्रेटिक पार्टीका बरिष्ठ नेता हुनुहुन्छ ।

नेपालको गुल्मीमा जन्मेका थापा नेपालमा रहँदा टेलिभिजन तथा बिभिन्न पत्रिका र एफएममा पत्रकारिता सकृय रहेका थिए । बिगत ९ बर्षदेखि अमेरिकामा रहेका पत्रकार थापा अमेरिकामा आए पछि ह्वाईट हिमाल टिभी हुँदै हाल कार्यक्रम यु स्टाट अगेनमार्पmत समुदायको हित र बिकासका कुराहरुलाई उठाउँदै आउनुभएको छ । प्रेसिडेन्स सर्भिस अवार्ड जस्तो महत्वपुर्ण अवार्ड प्रदान गरिएकोमा खुशी ब्यक्त गर्दै पत्रकार थापाले आफ्नो क्षेत्रबाट समुदायको हितका लागि काम गर्न थप हौसला मिलेको बताउनु भयो । थापाले आफ्नो पत्रकारिता यात्रामा सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिनुभएको छ ।