जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार १०:४१

बाह्य लगानी सुनिश्चितताको लागि बौद्धिक सम्पत्ति संरक्षण महत्वपूर्णः शेखर गोल्छा


काठमाडौं

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार उद्योग विभाग र जेनेभास्थित विश्व बौद्धिक संगठनद्वारा संयुक्त रूपमा आयोजित व्यापार क्षमता अभिवृद्धि तथा आर्थिक विकासमा बौद्धिक सम्पत्तिको भूमिका विषयक राष्ट्रिय परामर्श बैठक तथा कार्यशाला आयोजना भएको छ ।

कार्यशालाको शुभारम्भ गर्नुहुंदै महासंघका कार्यबाहक अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक विकास, लगानी तथा प्रविधि आकर्षण र वाह्य लगानीकर्ताहरूलाई उनीहरूको लगानीको समेत सुनिश्चितता दिलाउन पेटेन्ट, टे«डमार्क, डिजाइन, कपी राइट लगायतका बौद्धिक सम्पत्ति संरक्षणका विषय महत्वपूर्ण रहेको सन्दर्भमा महासंघले यी विषयमा सरकारस“ग बारम्बार पैरवी गर्दै आएको बताउनु भयो ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले नेपाल आर्थिक विकासको मार्गमा अगाडी बढेको अहिलेको अवस्थामा बाह्य लगानी आकर्षणका लागि समेत वौद्धिक सम्पत्ति संरक्षणको विषय महत्वपूर्ण भएकाले सरकारले नीति तथा कानून मार्फतनै बौद्धिक संरक्षणको सुनिश्चितता गरेको स्पष्ट पार्नुभयो । औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण लगायतका महत्वपूर्ण ऐन कानूनमा यस विषयका सम्बन्धमा स्पष्ट रूपमा उल्लेख गरिएको जानकारी गराउनु हुंदै कार्यक्रमको पूर्ण सफलताको कामना समेत गर्नुभयो ।

उद्यमी व्यवसायी, बौद्धिक संरक्षण क्षेत्रमा क्रियाशिल कानून व्यवसायीहरू, नीति निर्माताहरू, सरकारी अधिकारीहरू, महासंघको कार्यकारिणी समितिका सदस्यहरूको सहभागिता रहेको सो कार्यक्रममा महासंघका तर्फबाट डा. पोषराज पाण्डे, उद्योग विभागका तर्फबाट महानिर्देशक विनोद प्रकाश सिंह, नेपाल उद्योग परिसंघका तर्फबाट डा. रूद्र शर्माले कार्यपत्र प्रस्तुत गर्नुभयो । उद्योग विगागको आर्थिक वर्ष २०१८÷१९ को तथ्यांक अनुसार अहिलेसम्म ४ लाख ९१ हजार ट्रेड मार्क, ७८ वटा पेटेन्ट र १५४ वटा डिजाइनहरू दर्ता भएका छन् ।