जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार १३:०९

अन्जु पन्त र कर्णराजको ‘जिन्दगी खास भयो’ (हेर्नुहोस् भिडियो)


काठमाडौं, जेठ २८

गायिका अन्जु पन्त र गायक कर्णराज गिरीको स्वरमा ‘जिन्दगी खास भयो’ बोलको गीत सार्वजनिक भएको छ । मुक्त उदासको शब्द रचना रहेको गीतमा गीतमा अर्जुन पोखरेलले संगीत दिनुभएको छ । शान थापा निर्देशित गीतको भिडियोमा रोहित थापा र सुपुष्पा भट्ट फिचर हुनुहुन्छ ।

भिडियोमा उहाँरुको प्रेमभावलाई देखाइएको छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिच्नुभएको हो । रोहित थापाले नै निर्माण गरेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाउनुभएको थियो भने सम्पादनको जिम्मा सुप्रिम पराजुलीले लिनुभएको हो ।