Untitled Document

रकमान्तर रोक्न एमाले सांसदको चेतावनी

काठमाडौं। सरकारले स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्ने गरी जिल्ला–जिल्लामा रकमान्तर गरी बजेट बितरण गरेको भन्दै सांसदहरुले तत्काल सच्याउन माग गरेका छन । एमाले नेता तथा दोलखाका सांसद पुशपति चौलागाई र पार्वत गुरुङले चुनाव घोषणा भई निर्वाचन आचार संहितासमेत लागू भइसकेको अवस्थामा सरकारले रकमान्तर गरी बजेट दुरुपयोग गरेको भन्दै सच्याउन सरकारलाई अल्टिमेटम दिएका हुन ।

‘सरकारले चुनाव प्रभावित पार्न जथाभावी रुपमा बजेट रकमान्तर गरी जिल्ला–जिल्ला पठाएको पाइएको छ, यस्तो काम निर्वाचन आचार संहिताको ठाडै उलंघन हो, यसलाई तत्काल रोक्न्ुपर्छ,’ एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित बजभोजमा सांसदद्वय पुशपति चौलागाई र पार्वत गुरुङले भने । उनीहरुले सरकारले आचार संहिता उलंघनको काम नरोके सशक्त प्रतिवाद गर्ने चेतावनीसमेत दिए । एमाले पोलिटब्युरो सदस्यसमेत रहेका सांसद चौलागाई र केन्द्रीय सदस्य गुरुङले संमृद्ध दोलखा निर्माणका लागि काठमाडौंमा रहेका सवै दोलखाबासीलाई जिल्ला फर्किएर निर्वाचनमा एमाले जिताउने अभियान थाल्न अपिलसमेत गरे ।

‘संमद्ध दोलखा निर्माणका लागि काठमाडौंमा रहेका सवै आफ्नो गाउ र नगर फर्किएर सूर्यमा मतदान गराउने अभियान थाल्न जरुरी छ, एमालेको लाल किल्ला कायम नहँदासम्म संमृद्ध दोलखाको सपना साकार हुँदैन,’ उनीहरुको भनाई थियो । आगामी ३१ बैशाखमा स्थानीय तहको निर्वाचनमा एमालेको बिजयसँगै दोलखाले बिकास र संमृद्धिको काँचुली फेर्ने उदघोषसमेत उनीहरुले गरेका थिए । ‘संबिधानले संस्थागत गरेको अधिकार गाउँमा पु¥याउन निर्वाचन भइरहेको छ, यो निर्वाचनमा एमालेलाई बिजयी बनाउनका लागि हरेक नागरिकसम्म पुग्न जरुरी छ,’ गुरुङले भने ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, एमाले प्रदेश–३ सम्पर्क समन्वय कमिटी अध्यक्ष श्याम बस्नेत, सम्पर्क मञ्चका अध्यक्ष गणेश शिवाकोटी र कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेको दोलखाका प्रभावशाली नेता टंक जिरेलले दोलखाका ५ गाउपालिका र दुई नगरपालिकाको संमृद्धिका लागि लाग्न सवैलाई आग्रह गरे । उनीहरुले राष्ट्रिय स्वाभिमान र संमृद्धिको लागि एमालेको बिजय अनिवार्य रहेको धारणासमेत राखेका थिए । जिरेलले कांग्रेसमा स्वाभिमान र मेहनत हराएको कारण ३५ बर्षसम्म योगदान गरेपनि परित्याग गरी संमृद्धिकै लागि एमाले रोजेको बताए ।

१३ चैत्र २०७३, आईतवार ०७:२५मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *