Untitled Document

पर्वतारोहन संघमा तोडियो कांग्रेसको सिण्डिकेट : एमाले नेतृत्वको गठबन्धन बिजयी

काठमाडौं, साउन २२

नेपाल पर्वतारोहण संघमा पहिलो पटक बामपन्थी प्यानलले बर्चश्व कायम गरेको छ । शनिवार सम्पन्न निर्वाचनमा बामपन्थी प्यानलका अध्यक्ष सन्तवीर लामाले कांग्रेस निकट जिम्मा जाङबु शेर्पालाई ६७ मतले पराजित गर्दै संघमा नयाँ इतिहास रच्नुभएको हो ।

आइतवार विहान सार्वजनिक भएको मतपरिपणाम अनुसार एमाले उम्मेदवार लामाले जम्मा ३८३ मत प्राप्त गरेर बिजयी हुँदा कांग्रेस समर्थक शेर्पाले ३१६ मत प्राप्त गर्नुभएको छ । प्रथम उपाध्यक्षमा लामा समुहकै दिवश विक्रम शाह ३७० मत हासिल गरी विजयी हुनुभएको छ भने प्रतिद्धन्द्धी शेर्पा समूहका भूमि लामाले ३१० मत प्राप्त गर्नुभयो । त्यस्तै द्धितीय उपाध्यक्षमा लामा समुहकै माया शेर्पा विजयी हुनुभएको छ ।

महासचिवमा भने शेर्पा समूहमा कुलवहादुर गुरुङ ३९१ मत प्राप्त गरि बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी लामा समूहका बोधराज भण्डारीले २९१ मत प्राप्त गर्नुभयो । सचिवमा लामा समूहका टिकाराम गुरुङ र कोषाध्यक्षमा पनि लामा समूहकै सुदर्शन न्यौपाने बिजयी हुनुभएको छ । लामा समुहबाट कार्यसमिति सदस्यमा पासाङ तेण्डी शेर्पा, सिंगी लामा, मिङमार शेर्पा, विनय शाक्य, र सञ्जीव गुरुङ बिजयी हुनुभएको छ ।

अध्यक्ष निर्वाचित भएपछि लामाले पर्वतारोहण संघमा निरन्तरताको क्रमभंग भएको भन्दै अब पर्वतारोहण क्षेत्रको सिण्डिकेट र अनियमितता अन्त्य गर्ने प्रतिक्रिया दिनुभयो । १ हजार ३९ मतदाता रहेको एनएमएको शनिबारको निर्वाचनमा जम्मा ७५६ भोट खसेको थियो । यसपटक एमालेको नेतृत्वमा बामपन्थी प्यानल बनेको थियो भने कांग्रेस नेतृत्वमा संस्थापन पक्षको प्यानल बनेको थियो ।

बामपन्थी प्यानल जिताउने अभियानको नेतृत्व एमाले पर्यटन बिभाग प्रमुख सूर्य थापा, माओवादी नेता लोकेन्द्र विष्ट र टान अध्यक्ष चन्द्र रिजाल लगायलते गर्नुभएको थियो ।

२२ श्रावण २०७४, आईतवार १३:३४मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *