Untitled Document

सत्ता दुरुपयोगबाट हराइएका ज्ञवालीले खोले मुख : मेयरको कुर्सीमा हारेपनि जनताको मन जितें

चितवन, साउन २३

भरतपुर महानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार भई पराजित देवी ज्ञवालीले राजनीतिक कुर्सी गुमाएपनि जनताको मन मस्तिकमा बस्न सफल रहेको बताउनु भएको छ । उहाले आफूले पदीय रुपमा हारे पनि राजनीतिमा जितेको बताउनु भएको हो ।

एमाले पार्टी कार्यालयमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले रेणु दाहालको जित पनि स्वभाविक नभएकाले विरोध गरिएको स्पष्ट पार्नुभयो । ‘राजनितिमा कहिले काही पद जिते पनि राजनीति हारेको हुन्छ, ‘जनताको मन मस्तिक भित्र बसेको छु, राजनीति जितेर कुर्सी मात्र गुमाएको हो ज्ञवालीको भनाई छ ।

‘स्वभाविक ढंगले रेणुजीले जितेर गएको भए सबै भन्दा पहिला फूलमाला, अविर र गुच्छा सहित स्वागत गर्ने आफु हुने बताउदै उहाले आगामी दिनमा निष्ठाकासाथ राजनीति गरेर जनताको विचमा जाने र अब हुने प्रादेशिक र संघिय निर्वाचन दृष्टिगत गरी अघि बढ्ने बताउनु भयो ।

ज्ञवालीले ‘निर्वाचन हार्ने हिसाव किताव गरेर मतपत्र च्यात्ने, राज्य सत्ताको अर्बौ रुपैयाँ चुनावकै बेला रकमान्तर गर्ने, ऐन नियम तोड्ेको कुरा त गठबन्धनकै सांसद रामहरि खतिवडाले सार्वजनिक गरी सक्नु भएको छ, यसबारेमा एमाले र आफुले बोल्नै नपर्ने समेत स्पष्ट पार्नुभयो । यहि भनाईबाट थाहा हुन्छ निर्वाचन कसरी भएको छ भनेर ।

पुन: मतदान गर्ने निर्वाचनको आयोगको निर्णय विरुद्ध सर्वोच्चमा जादा आफुहरुलाई घाटा भएको समेत स्विकार गर्नुभयो । मुद्धाको फैसला ढिलो भएपछि आफुहरुलाई घाटा भएको भन्दै तत्काल निर्वाचनमा गएको भए यो भन्दा भिन्न परिणाम आउने सम्भावना बलियो रहेको बताउनुभयो । १९ नम्बर वडाको पुन मतदान हुनु पूर्वप्रहरीको स्कर्टिङमा पैसा बाँड्न लगाउँदै राज्य सत्ताको दुरुपयोग गरेको उहाले आरोप लगाउनु भयो ।

पत्रकार सम्मेलनमा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले मतपत्र च्यात्ने समेत अतिथि भएकाले हिजोको सपथमा नगएको स्पष्ट पार्नुभयो । ‘मतपत्र च्यात्ने समेत अतिथिको रुपमा भएकाले सपथ लिन गएनौं, ‘आज सपथ लिने छौं, ती पत्र च्यात्नेहरु सहभागी भएको कार्यक्रममा हामी नजाने समेत उहाले बताउनु भयो । १९ नम्बर वडाको मत गणनाको क्रममा मतपत्र च्यातिएसँगै गणना रोकिएको थियो । त्यो बेला सम्म ज्ञवालीको अग्रता बलियो थियो ।

२३ श्रावण २०७४, सोमबार १३:०७मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *