Untitled Document

भरतपुरका तर्फबाट एमाले वडाध्यक्ष र सदस्यले लिए सपथ

चितवन, साउन २३

भरतपुर महानगरपालिकाका एमालेका तर्फबाट नवनिर्वाचित वडा अध्यक्ष र सदस्यले आज शपथग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एमालेबाट विजयी १४ मध्ये १२ वडा अध्यक्षले सपथ लिएका हुन् । हिजो आयोजना गरेको शपथग्रहण कार्यक्रममा भरतपुर १९ को मतपत्र च्यात्ने पनि सहभागी भएको भन्दै उनीहरुले शपथ बहिष्कार गरेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा छुट्टै कार्यक्रमको आयोजना गरी एमालेका तर्फबाट निर्वाचित १४ मध्ये १२ जना वडा अध्यक्षले मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेसँग शपथग्रहण गरेका हुन् । वडा सदस्यले भने महानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा महानगर प्रमुख रेणु दाहालसँग शपथग्रहण गरेका छन् । भरतपुर महानगरपालिका वडा नं ४ र ७ का निर्वाचित दुईजना वडा अध्यक्षले भने शपथग्रहण गर्न भने तत्काल पाउने छैनन् । दुई वटाका पराजित वडा अध्यक्षले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दिएपछि तत्काल शपथग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्नु नगराउनु भनि विपक्षीका नाममा आदेश दिएकाले सपथ लिन नपाएका हुन् । यसअघि हिजो नेपाली काँग्रेस र माओवादी केन्द्रका तर्फबाट विजयी प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यले शपथग्रहण गरेका थिए ।

२३ श्रावण २०७४, सोमबार १५:०६मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *