जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार २०:११

प्रधानमन्त्री ओली र बेलायती राजकुमार ह्यारीविच भेटवार्ता


काठमाडौं ।

बेलायत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार ह्यारीसँग भेटवार्ता गर्नुभएको छ । पूर्वी लन्डनमा रहेको केन्सिंगटन पैलेसमा राजकुमार ह्यारीसग भेटवार्ता गर्नुभएको हो ।

बेलायली प्रधानमन्त्री टेरिजा मेसँग भेटवार्ता गर्नुअघि उहाले राजकुमारसँग भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा द्धपिक्षीय सम्वन्धका विषयमा छलफल भएको थियो । साथै भुकम्प गएको केही समयपछि नेपाल भ्रमणमा आएका राजकुमार ह्यारीले त्यसपछिको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । भेटवार्तामा प्रधानमन्त्री ओलीसहित उहाकी पत्नी राधिका शाक्य पनि सहभागी हुनुभएको थियो ।

प्रधानमन्त्री ओलीसँग गैरआवासीय नेपाली संघका पदाधिकारीले पनि छलफल गरेका छन् । संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले गैर आवासीय नेपालीलाई प्रदान गरिने नागरिकताका विषयमा जिज्ञासा राखेको जानकारी दिनुभयो ।