Untitled Document

फिफा वरियतामा नेपाल १६९ औं स्थानमा उक्लियो

काठमाडौ, साउन २६

नेपाल फिफाको विश्व वरियतामा एक स्थानमाथि उक्लिदै १ सय ६९ औं स्थानमा पुगेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको विश्व वरियतामा नेपाल ११७ अंकका साथ १६९ औं स्थानमा रहन सफल भएको हो ।
सार्क देशमा पहिलो रहेको भारत विश्व वरियतामा भने एक स्थान तल झ्र्दै ९७ औं स्थानमा छ । माल्दिभ्स १४२ औं स्थानमा छ भने अफगानिस्तान एक स्थान तल झर्दै १५६ औं र भुटान १६५ औं स्थानमा आइपुगेको छ । एक स्थानमाथि उक्लिएको बंगलादेश १८९ औं स्थानमा छ भने श्रीलंका १९७, पाकिस्तान २०० औं स्थानमा छ । एसिया तर्फ भने इराक २४ औं र जापान ४४ औं स्थानमा रहन सफल भएका छन् । यस्तै विश्व वरियतामा भने ब्राजिल शीर्ष स्थानमा उक्लिएको छ । रुस विश्वकपमा स्थान बनाएको ब्राजिल, जर्मनीलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएको हो । जर्मनी दोस्रो स्थानमा झरेको छ भने अर्जेन्टिना तेस्रो स्थानमा यथावत रहदा स्विजरल्याण्ड चौथो स्थानमा उक्लिएको छ ।

August 10, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *