Untitled Document

‘ऐश्वर्य’ को गीत सार्वजनिक

काठमाडौ । ‘ऐश्वर्य’ को ‘तिमी रोएको पल तिमीलार्इ’ बोलको गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको गीतमा सुगम पोखरेल र अन्जु पन्तको आवाज रहेको छ ।

गीतमा चलचित्रका मुख्य कलाकार रमेश उप्रेती र नवनायिका दीपिका प्रसाईलार्इ फिचरिङ गरिएको छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रका निर्माता अर्जुन श्रेष्ठ र किरणराना उप्रेती हुनुहुन्छ ।

निर्मल शर्मा सहनिर्माता रहेको चलचित्रलाई सुदिप बरालले छायांकन गर्नुभएको हो । चलचित्रमा दिर्घ खड्काको सम्पादन, तेन्जु योञ्जन र एन्जिला खत्रीको कोरियोग्राफी छ । चलचित्रमा रमेश उप्रेती, केकी अधिकारी, दीपिका प्रसाँइको मुख्य भूमिका छ ।

यो चलचित्र लक्ष्मीपूजाको अवसर पारेर कात्तिक २ गतेबाट रिलिज गरिन लागिएको हो । गीत सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार रमेश उप्रेतीले सबैको सहयोगमा एउटा राम्रो चलचित्र बनाउने कोशिश भइरहेको बताउनुभयो ।

२८ श्रावण २०७४, शनिबार २०:०४मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *