जनता टाइम्स

३० जेष्ठ २०७६, बिहीबार १६:४५

सार्वजनिक सवारीको भाडा बढ्यो, गाडी चढ्ने वित्तिकै १६ रुपैयाँ तिनुपर्ने


काठमाडौं ।

यातायात व्यवस्था विभागले असार १ गतेबाट लागु हुनेगरी सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सबै सार्वजनिक सवारीमा भाडा बढाइएको जानकारी दिनुभयो ।

१० देखि १२ प्रतिशतसम्म भाडा वृद्धि गरिएको छ । विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका आधारका भाडादर कायम गरिएको बताएको छ। महानगरपालिका, यायायात व्यवसायी, उपभोक्ता कर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागको भनाइ छ। अब यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ। यसअघि १४ रुपैयाँ थियो।

यसैगरी विभागले ट्याक्सी भाडा पनि बढाएको छ। ट्याक्सीमा यात्रा गर्ने उपभोक्ताले पहिलो एक किलो मिटरसम्म ५० रुपैयाँ तिुनु पर्नेछ। तर, त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जाने छ।