Untitled Document

सार्वजनिक महत्वको विषय संसदमा प्रस्तुत गर्ने विषयमा सत्तारुढ र प्रतिपक्ष विच जुहारी

काठमाडौ, साउन ३१

बाढी र पहिरोका कार%गरी यस्तो प्रस्ताव सं%Eरेका बेला सत्तारुढ नेपाली काग्रेस र माओवादी केन्द्रका सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्न नदिएर संसदको पहिलो बैठक अवरुद्ध पारेका छन् । बाढीका कारण एक सय भन्दा बढि जनताको मृत्यु भई तराई सिंगो डुबेका बेला त्यस विषयमा छलफल गर्न प्रमुख प्रतिपक्ष नेकपा एमालेले जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याएको थियो । खासगरी यस्तो प्रस्ताव संसदमा सत्तारुढ दलले नै ल्याउनु पर्ने हो तर विपक्षी दलले ल्याएको हो । संसदको कार्यव्यवस्था परामर्श समितिमा यसविषयमा छलफल भई आजको बैठकमा पेश गर्ने कार्यसूचि थियो । तर, बैठक सुरु भएको २ घण्टामा करिव २० सांसदले बोलेको र अझै बोल्ने सांसदको नाम टिपाउदै गएपछि प्रस्ताव नै प्रस्तुत हुने अवस्था श्रृजना हुन थालेको थियो । सांसदले विशेष समयमा लामो बोल्नु भन्दा त्यही विषयमा प्रस्तुत हुने प्रस्तावमाथी नै छलफलमा भाग लिनुपर्ने संसदीय अभ्यास छ । तर विडम्बना प्रस्तावलाई पाखा लगाएर आफ्ना भाषणमै सिमित हुन थालेपछि एमालेका सांसद केशव बडालले उठेर प्रस्ताव पेश गर्न नदिने षडयन्त्र भएको भन्दै विरोध जनाउनु भएको थियो ।

त्यसपछि काग्रेस सांसद रामहरि खतिवडाले विशेष समय भएकाले बोल्न पाउनु पर्ने भन्दै बाढी पहिरोमा राजनीति नगर्न उमाले सांसदहरुसग आग्रह गर्नुभयो । खतिवडाले माइक अन नै नगरी बोल्दै गर्दा एमालेका सांसद उठेर विरोध जनाएपछि सभामुख ओनसरी घर्तीले एमालेका सांसद भिम रावललाई बोल्ने समय दिनु भयो । उहाले अन्य सांसदलाई बोल्न समय नदिएको भन्दै रावललाई समय दिएको जानकारी गराउनु भयो ।

रावलले बाढीकै विषय पेश हुदै गरेकाले त्यही विषयमा छलफल अन्यथा चलाउने कुरा संसदीय अभ्याससग अमिल्दो भएको भन्दै विशेष समय छोट्याउन माग गर्नुभयो । उहाले प्रस्ताव नै प्रस्तुत हुन नदिन सत्तारुढ दलले सांसदको नाम थपेको थप्पै गरेको भन्दै छोट्याउन सभामुखको ध्यानकर्षण गर्नुभयो । त्यसपछि सभामुख घर्तीले राष्ट्रिय महत्वको विषय भएको भन्दै विशेष समयमा बोल्ने सांसदको सूचिलाई घटाएर दुई जनालाई मात्र बोल्न दिने जानकारी गराउनु भएको थियो । त्यसपछि सांसद विषेन्द्र पासवानले बोलेपछि काग्रेसका सभासद् अमेरकुमार सिह सहितका सांसदहरुले आफुले बोल्न नपाएको भन्दै संसद अवरुद्ध पारेका हुन् । तर सबैभन्दा आश्चर्यको कुरा त तराई मधेशकै सांसदले यो बैठक अवरुद्ध पारेका थिए ।

सांसदहरु सिंहसहित रामअयोध्याप्रसाद यादव, उषा गुरुङ्ग, रामचन्द्र यादव, प्रेमकिशोरप्रसाद शाह, शान्तिदेवी चौधरी, भुटनीदेवी खवास लगायतले विशेष समयमा बोल्न पाउनुपर्ने माग गर्दै संसद बैठक अवरुद्ध पारेर जरुरी सार्वजनिक महत्वको विषयमा संसदमा पेश नै गर्न दिएनन् । सभामुख घर्तीले विगतमा संसदीय अभ्यास नै यस्तै रहेको भन्दै पटक पटक बस्न आग्रह गरेपनि सांसदले अवरोध गरिरहे । त्यसपछि बैठक १५ मिनेटका लागी स्थगित गरिएको थियो र अपरान्ह पुन बैठक बसेको छ । जुन बैठकमा प्रस्ताव पेश भएको छ ।

कहा कहा छन् बाध ?

भारतले नेपालसग ४ वटा मात्र बाध सम्झौता गरेर बाधेको छ भने अरु करिव डेढ दर्जन बाध एकतर्फी रुपमा बाधेको छ । शारदा ब्यारेज, कोशी ब्यारेज, टनकपुर बाध र गण्डक नहरमा नेपालसग सम्झौता गरेको छ भारत । तर, अन्य करिव डेढ दर्जन बाध एकतर्फीरुपमा बाधेका कारण बर्षेनी नेपाली जमिन डुब्ने गरेको छ ।

यसैविच, व्यवस्थापिका–संसद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका भीमबहादुर रावलले प्रस्तुत गरेको बाढी पहिरो समस्याको दीर्घकालीन समाधानका लागि सरकारले उचित नीति र कार्यक्रम तथा निर्णय लिनुपर्ने भनी प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल नसकिएपछि बैठक भोली विहान ११ बजेका लागी पुन बोलाइएको छ ।

August 15, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *