Untitled Document

जापान भ्रमणमा रहेको नेपालको पहिलो जित, कान्सेइ गाकुइन २-१ गोलले पराजित

काठमाडौ, साउन ३२

जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो जित निकालेको छ । पहिलो अभ्यास खेलमा बराबरी गरेको नेपालले दोस्रो अभ्यास खेलमा कान्सेइ गाकुइन विश्वविद्यालयको टोलीलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै पहिलो जित निकालेको हो ।

नेपाललाई जित दिलाउने क्रममा पहिलो हाफको १२ औं मिनेटमा विमल घर्तिमगरले गोल गरेका थिए । यस्तै दोस्रो हाफको इन्जुरी समयमा सुमन लामाले गोल गर्दै नेपाललाई जित दिलाएका हुन् । हेमन्त थापामगरले हानेको कर्नरलाई कान्सेइका गोलकिपरले पञ्च गरेर बचाएपनि ठुलो डिबक्स भित्रै अनमार्कमा रहेका लामाले राईट फुटेट सट प्रहार गर्दै गोलमा परिणत गरेका थिए । कान्सेइले भने पहिलो हाफको २५ औं मिनेटमा गोल फर्काएको थियो ।

नेपालले भोली विहान अमिति स्पोर्टस क्लबसग तेस्रो अभ्यास खेल खेल्दैछ । नेपालले पहिलो खेलमा जे लिग क्लब गाम्बा ओसाकाको अण्डर २३ टोलीसग एक एक गोलको बराबरी खेलेको थियो । नेपालका लागी जापानी प्रशिक्षक ग्योतोकु कोजीको पहल र जापानी दूतावासको आयोजनामा जापान पुगेको नेपालले पाच अभ्यास खेल खेल्ने छ ।

३२ श्रावण २०७४, बुधबार १७:०८मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *