Untitled Document

बाढी पहिरो पिडित महिलामाथी हिसाको जोखिम बढेको भन्दै महिलामुखि कार्यक्रम बनाउन सरकारसग ओरेकको माग 

काठमाडौ, साउन ३२

बाढी पहिरो पिडित महिलामाथी हिसाको जोखिम बढेको भन्दै महिला पुनस्थापना केन्द्र ओरेकले उचित कदम चाल्न सम्वन्धित पक्षसग आग्रह गरेको छ । यस्तो विपदका बेलामा समेत महिलामाथी यौनजन्य हिसाका घटना बाहिर आउन थालेको भन्दै राहत तथा पुनस्थापना कार्यक्रमहरु महिलामुखि बनाउन माग गरेको हो ।

ओरेकले महिला तथा किशोरीहरुलाई सुरक्षित बनाउनका लागी महिला तथा किशोरीमैत्री शिविरको स्थापना गर्नुपर्ने, सुत्केरी तथा गर्भवति महिलाहरुका लागी स्वास्थ्य जाचको व्यवस्था सहित उचित ठाउ दिलाउनुपर्ने, बालिका, किशोरी तथा महिलाहरुमाथि हुने यौनजन्य हिंसा दुव्र्यवहार तथा बेचबिखन हुन नदिन विभिन्न सचेतना तथा अभिमुखिकरण कार्यक्रम संचालन गर्न पनि सरकारसग माग गरेको छ । २०७२ सालमा गएको महाभुकम्पका बेलामा समेत आठ सय बढि महिलामाथी विभिन्न प्रकारका हिंसा भएको भन्दै यसबारेमा समयमै ध्यान दिन ओरेकद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

३२ श्रावण २०७४, बुधबार १७:४८मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *