जनता टाइम्स

१ असार २०७६, आईतवार ११:५८

बिमानस्थलबाटै प्रधानमन्त्री ओलीको घोषणा : गुठी विधेयकमा भूलवश केही गल्ती भए सच्याइन्छ


काठमाडौं, असार १

प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने घोषणा गर्नुभएको छ । युरोप भ्रमणबाट आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकमा भूलवस गल्ती भएको भए सच्याउने घोषणा गर्नुभएको हो । उहाँले गठी बिद्येयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने जनाउ पनि दिनुभयो ।

गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ । त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन । सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यही कुरालाई लिएर विरोध र आन्दोलन चर्काउन खोज्नेहरुले कुनै ‘चान्स’ आउनेवाला छैन

‘गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ । त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन । सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यही कुरालाई लिएर विरोध र आन्दोलन चर्काउन खोज्नेहरुले कुनै ‘चान्स’ आउनेवाला छैन ।’ उहाँले सरकार जनताको भावनामा साथसाथै रहेको जनाउ पनि दिनुभयो । ‘सरकार जनतालाई दुःखी बनाउन चाहदैन । खुसी भएको हेर्न चाहन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले लोकसेवा विज्ञापन बारको विवाद अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नमिल्ने बताउनुभयो । गत जेठ २५ गते युरोप भ्रमणमा जानुभएका प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुभएको हो । स्वदेश पफर्कदा उहाँलाई सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्व पोखरेललगायत मन्त्रीहरुलेस्वागत गर्नुभएकोथियो ।