Untitled Document

बाढीका कारण ५ सय विद्यालयमा क्षति, ८० हजार विद्यार्थी पढाईबाट बञ्चित

काठमाडौ, भदौ ३

मुलुकमा पछिल्लो समय आएको बाढीका कारण करिव ८० हजार विद्यार्थी पठनपाठनबाट बञ्चित भएको शिक्षा मन्त्रालयले जनाएको छ । खासगरी बाढी प्रभावित तराईका जिल्लाका विद्यार्थी प्रभावित बनेका हुन् । कतिपय विद्यालय बाढीले बगाएको छ भने कतिपय विद्यालयमा अझै पनि हिलो जमेका कारण पढाई हुन सकेको छैन ।

शिक्षा मन्त्रालयका प्रवक्ता हरि प्रसाद लम्सालका अनुसार मध्य र पश्चिमका तराईका जिल्लामा बाढीका कारण बढी विद्यार्थी पढाईबाट वञ्चित भएको बताउनुभयो । प्रारम्भिक तथ्यांक अनुसार करिव ५ सय वटा विद्यालय भवनमा क्षति पुगेको छ । यद्यपी क्षतिको पूर्ण विवरण संकलन गर्ने काम भने भईरहेको प्रवक्ता लम्सालले जानकारी दिनुभयो ।

सर्लाहीमा ४० वटा विद्यालयमा क्षति पुगेको छ भने ५ वटा विद्यालयका भवन पुरै नष्ट भएका छन् । सप्तरीमा ३८ वटा विद्यालयको भवनमा क्षति पुगेको मन्त्रालयले बताएको छ । बाँकेमा ८१ विद्यालयका भवनमा क्षति पुगेको छ । धेरैजसो विद्यालयमा बाढीपीडितलाई राखिएकाले पनि विद्यालय सञ्चालन भएका छैनन् ।

३ भाद्र २०७४, शनिबार ११:३६मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *