Untitled Document

पछिल्लो घटनाक्रमका बारेमा छलफल गर्न प्रमुख तीन दलका शिर्ष नेता राष्ट्रपति भवनमा

काठमाडौ, भदौ ३

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरु शितलनिवास पुगेका छन् । प्रधानमन्त्री शेरबहाहदुर देउवाको भारत भ्रमण, निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफलका लागि तीन दलका शीर्ष नेता शितलनिवास पुगेका हुन् ।

शितलनिवासमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुगेका छन् । त्यस्तै प्रमुख तीन दलका शीर्ष नेताहरु रामचन्द्र पौडेल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि पुग्नु भएको छ । छलफलमा राष्ट्रपति भण्डारीले सहमतिका साथ अगाडी बढि मुलुकलाई निकास दिन, बाढी पीडितका समस्या समधान गर्न सुझाव दिनु भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भदौ ७ गते भारत भ्रमणमा जादैँ छन् ।

३ भाद्र २०७४, शनिबार १२:१६मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *