जनता टाइम्स

१ असार २०७६, आईतवार १३:०६

एकै दिनमा १६३ ई–रिक्सा कारवाही


वीरगञ्ज, असार १

ट्राफिक प्रहरीले वीरगञ्जका ई–रिक्सामाथि कडाइ गर्न थालेको छ । अव्यवस्थित रुपमा ई–रिक्सा सञ्चालन हुँदा ट्राफिक अस्तव्यस्त भएको गुनासो बढेपछि ट्राफिक प्रहरीले कडाइ गर्न थालेको हो । सोही क्रममा ट्राफिक प्रहरीले एकैदिन यहाँका १ सय ६३ ई–रिक्सालाई कारवाही गरेको छ ।

आवश्यक कागजपत्र नभएका ई–रिक्सा कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले जनाएको छ  इजाजतपत्र नभएका १६ सवारी चालक अनुमतिपत्र नभएको १ सय २१ वटा र सवारी दर्ता किताब नभएको २६ वटा गरी जम्मा १६३ वटा ई–रिक्सा कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले जनाएको छ ।