Untitled Document

सभापति देउवाले पार्टी संचालन गर्न सक्नु भएन : काग्रेस वरिष्ठ नेता पौडेल

काठमाडौ, भदौ ११

नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाको कारण पार्टी कमजोर बन्दै गएको आरोप लगाउनु भएको छ । देउवाको नाम नलिएपनि नेता पौडेले हचुवा शैलीमा काम गर्ने परिपाटीले नेपाली कांग्रेस शक्तिशाली बन्न नसकेको आरोप लगाउनु भएको हो ।

तनहुँको दमौलीमा आज आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले हचुवाको भरमा काम गर्ने परिपार्टी नत्यागेसम्म पार्टी बलियो बन्नै नसक्ने ठोकुवा गर्नुभयो । संसदीय समिति बनाएर जान नसक्दा निर्वाचनमा उम्मेदवारी चयन भद्रगोल बन्नु, मधेस संवेदनशील अवस्थामा पुग्नु, विभाग नबन्दा पदाधिकारी व्यवस्थित नबन्नु, प्रदेश समिति नबन्दा क्रियाशील सदस्य नहुनु लगायत कठिनाई भोग्नुपरेको उहाँको भनाई थियो । घुमाउरो पारामा उहाले सभापति देउवाले पार्टी संचालन गर्न नसकेको आरोप लगाउनु भयो ।

जसका कारण स्थानिय निकायको निर्वाचनमा काग्रेसको यो अवस्था आएको वरिष्ठ नेता पौडेलको जिकिर थियो । राजपा नेपाल लगायत दलहरु चुनावी माहौलमा जुटिसकेको भन्दै नेता पौडेलले अब हुने निर्वाचनमा चुनाव विरोधी शक्तिहरु पनि सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । मंसिरमा प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्दै सबै दल निर्वाचनमा आउने बताउनु भयो ।

११ भाद्र २०७४, आईतवार १३:४९मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *