Untitled Document

जापानको उरुतोरा रेस्टुरेन्ट अब काठमाडौंको बालुवाटारमा

काठमाडौं ,भदौं ११ 

जापानको बिभिन्न शहरमा १२ वटा रेष्टुरेन्ट सञ्चालन गरिरहेको जापानीज चेन रेष्टुरेन्ट उरुतोराले नेपालमा पनि आफ्नो १३ औं शाखा सञ्चालनमा ल्याएको छ ।

३ करोड नेपाली रुपैयाँको लागतमा काठमाडौंको बालुवाटारमा सञ्चालनमा ल्याइएको उरुतोरा रेष्टुरेन्टमा २५ जना कर्मचारी छन् । एक सयलार्इ एकैपटक सर्भिस दिन सकिने प्रशस्त स्थान रहेको रेष्टुरेन्टमा जापानीज खानाका अलावा नेपाली खाना समेत पाइने रेस्टुरेन्टका अध्यक्ष लोकनाथ वस्तीले जानकारी दिए ।

जापानमा रेस्टुरेन्ट ब्यवशाय गर्दै आएका अध्यक्ष वस्तीले जापानिज हस्पिटालिटी र म्यानरलाई नेपालमा ल्याउन रेस्टुरेन्टमा लगानी गरेको बताए । जापानमा काम गरेर फर्किएका नेपाली कुक र अन्य कर्मचारीले सेवा दिनेयो रेस्टुरेन्टमा जापानबाट समेत कर्मचारीहरु आउने गरेका छन् ।

नेपालमा घुम्न आउने जापानीजहरु, जापानीज स्वादको खाना खाने र जापानमा बसेर फर्किएका तथा जापानीज खानाका पारखीहरुलाई यो रेस्टुरेन्टले थोरै भएपनि सहयोग पुग्ने बिश्वास प्रबन्ध निर्देशक केन्जीमिजुगुचीको छ ।नेपालको पोखरा र चितवनमा समेत उरुतोरा रेष्टुरेन्टको शाखा खोल्ने योजना बनाएको उरुतोरा नेपालका निर्देशक प्रकाश पौडेलले जानकारी दिए ।

१३ भाद्र २०७४, मंगलवार ११:२१मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *