Untitled Document

राष्ट्रिय फुटसल लिगको तयारी पुरा, १६ टिम सहभागी हुदै

काठमाडौ, भदौ १४

अखिल नेपाल फटुवल संघले विहिवारबाट राजधानीमा शुरु हुने राष्ट्रिय फुटसल लिगको तयारी पुरा भएको जनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित कार्यक्रममा संघले सबै तयारी पुरा भएको जनाएको हो । १६ टिमले भाग लिने प्रतियोगिताको भोली युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । भदौ २५ गतेसम्म हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले साढे दुई लाख रुपैया पाउने छन् । १६ टिमलाई दुई ग्रुपमा विभाजन गरी खेलाइने छ । प्रतियोगिताको उद्घाटन खेलमा फुटसल भिलेज र धुकु फुटसल भिड्ने छन् ।

समुह ए
खुमल्टार युवा क्लब, बि जी ब्रोर्दस, किक अफ फुटसल, हरिसिद्धी फुटसल, खलिबारी फुटसल, स्वयम्भु फुटसल, विजी फुटसल र धन्यन्तरी फुटसल

समुह वि
चौर फुटसल, फुटसल भिलेज, सामाखुसी फुटसल, शंखमुल फुटसल, रजीनि फुटसल, स्तुपा फुटसल, राभे फुटसल, धुकु फुटसल

 

प्रतियोगिताका उत्कृष्ठ २५ खेलाडी छनौट गरेर आगामी अक्टोबरमा इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिप २०१८ को लागि राष्ट्रिय टिम बनाइने एन्फाले जनाएको छ । अक्टोबर १३ देखी २२ सम्म हुने प्रतियोगितामा नेपाल सहित उज्वकिस्तान, काजर्किस्तान र तुकर्मिस्तान समुह ए मा परेका छन् ।

१४ भाद्र २०७४, बुधबार १७:२३मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *