जनता टाइम्स

३ असार २०७६, मंगलवार १४:३९

एन आई सी एशिया बैंक र एपोलो हस्पिटलबीच सम्झौता


काठमाडौं,

एन आई सी एशिया बैंक लिमिटेड र एपोलो हस्पिटल, नयाँदिल्ली बीच बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेज्यू र एपोलो हस्पिटलको तर्फबाट हस्पिटलका उप–महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गर्नुभयो ।

बैंकका मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४५ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।