जनता टाइम्स

३ असार २०७६, मंगलवार १५:५०

हुण्डाइको मनसुन डिलाइट योजना, गाडी किन्नेलाई एक लाख रुपैयाँसम्म नगद छुट


काठमाडौं,

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मनसुन लक्षित योजना हुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ।

हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता प्रालिले यो योजना अन्तर्गत ग्राहकले स्क्राच कार्ड मार्फत् १ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्ने बताउको छ । योजना अन्तर्गत एक्सचेन्ज बोनसका साथ लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुलाई स्पट एक्सचेञ्ज र सहज फाइनान्सको पनि सुविधा प्रदान गरिने विज्ञप्तिम उल्लेख छ। सबै हुण्डाई गाडीहरुमा ४ वर्षको निःशुल्क सर्भिसिङ तथा ३ वर्षको वारेन्टी उपलब्ध गराइने कम्पनीले जनाएको छ।