Untitled Document

चितनवमा स्क्रबटाइफस रोगले लियो दुई महिलाको ज्यान : १३९ जना प्रभावित

चितवन, भदौ १६ 

चितनवमा स्क्रबटाइफस रोगका कारण दुई जनाको मृत्यु भएको छ भने १३९ जना प्रभावित भएका छन् । रोगबाट साउन २२ गते नारायणी सामुदायिकमा भर्ना भएकी नवलपरासीको रजहरकी २४ वर्षीया एक महिला र नवलपरासीको लक्ष्मीपुरकी २१ वर्षीया अर्की एक महिलाको भदौ १० गते सेन्टल अस्पतालमा मृत्यु भएको थियो ।

ढिलागरी उपचार गर्न आएकाले उनीहरुको मृत्यु भएको चिकित्सकले जनाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार साउन १ गतेबाट भदौ १५ गते सम्ममा ५२९ जनाको रक्त परीक्षण गरिएकामा भरतपुर अस्पतालमा ४० जना, बकुलहर अस्पताल रत्ननगरमा ४० जना, चितवन मेडिकल कलेजमा ३१ जना, नारायणी सामुदायिक अस्पतालमा ४२ जना, मनकामना अस्पतालमा दुईजना, निर्णय डाइग्नोस्टिकमा १३ जना र सेन्टर अस्पतालमा एक जनामा स्क्रबटाइफसको लक्षण देखा परेको हो ।

गतवर्ष भरतपुरमा चार जनाको स्क्रबटाइफसबाट मृत्यु भएको थियो । मुसाको शरीरमा हुने सुक्ष्म ‘माइट नामक कीराले टोकेमा यो रोग सर्ने गर्दछ ।

१६ भाद्र २०७४, शुक्रबार १५:२८मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *