Untitled Document

बालगायक अंकितको एल्बम ‘अंकित’ बिमोचन

काठमाडौ, भदौ १६ 

बालगायक अंकित लुइँटेलको सांगीतिक एल्बम ‘अंकित’ को बिमोचन सम्पन्न भयो। कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका प्रतिष्ठित गायक गायिकाहरुको बाक्लो उपास्थिति थ्यो। बरिष्ठ गायिका मिरा मिरा राणा, ज्ञानु राणा,तारा थापा, गायक शम्भु राई, गीतकार ललिजन रावल,डा. नवराज लम्साल, रमेश पौडेल, संगीतकार टीका भण्डारी, मदनसिंह नेपाली, गायिका जुन प्रसाई, निशा देशार लगायतका कलाकारहरुको उपस्थिति थ्यो।

रेडियो नेपालका कार्यकारी निर्देशक श्री सुरेशकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बिमोचन कार्यक्रममा अंकित एल्बमका ५ वटै गीतका प्रमुख अंश सुनाईएको थ्यो। कार्यक्रममा सुप्रसिद्द गीतकार डा.नवराज लम्सालले एल्बम सम्बद्द गीति कृतिहरुको बारेमा समिक्षात्मक टिप्पणी प्रस्तुत गर्नु भएको थ्यो भने एल्बमका मूल सर्जक टीका भण्डारीले अंकित भित्रको सांगीतिक पाटो बारे आफ्नो बिचार राख्नु भएको थ्यो। कार्यक्रममा अतिथिकारुपमा रहनु भएका बरिष्ठ गायिका मिरा राणा , ज्ञानु राणा , तारा थापा, गीतकार, ललिजन रावल,लगायत बिशिष्ट अतिथिहरुका तर्फबाट सुप्रसिद्द गायक शम्भु राईले एल्बम सम्बद्द गीतकार संगीतकार तथा गायक अंकित लुईटेललाई हार्दिक बधाई शुभकामना तथा सुबेक्षा प्रकट गर्नु भएको थ्यो।

एल्बम अंकित स्वयं अंकितको परिवारले बिन्द्यबासिनी म्युजिक प्रालिसँग सहकार्य गरि उत्पादन गरेको हो। रेडियो नेपालको सङ्गीत स्टुडियोमा आयोजित कार्यक्रममा सञ्चार माध्यमको समेत बाक्लो उपस्थिति रह्यो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेडियो नेपालका कार्यकारी निर्देशक श्री सुरेशकुमार कार्कीले भन्नु भयो- ”रेडियो नेपाल सपुर्ण कलाकारहरुको हो, सबै नेपालीको हो, यसको बिकाशमा जो कसैले ईटा थप्छु भन्दा म खुशी हुने मान्छे हुँ, अंकित लुइँटेल जस्ता प्रतिभाशाली बाल कलाकारहरुको प्रतिभालाई रेडियो नेपालले जहिले सुकै प्रोत्साहित गर्न कुनै कन्जुस्यांई गर्ने छैन, पुराना श्रष्टाहरु बीच पनि रेडियो नेपाल विभिन्न माध्यमबाट निरन्तर जोडीरहन चाहन्छ, रेडियो नेपाल, सङ्गीत र हाम्रा श्रष्टा सर्जकहरु एक अर्काका परिपुरक हुन्।” एल्बममा गीतकार डा. कृष्णहरि बराल, डा. नवराज लम्साल, रमेश क्षितिज र टीका भण्डारीका रचना रहेका छन्।

सभापतिको आसनबाट बोल्दै बिन्द्यबासिनी म्युजिक प्रालिका अध्यक्ष सुबाश रेग्मीले श्रष्टाहरुको प्रतिलिपि अधिकार अझै सुरक्षित हुन नसकेको, ठुल्ठुला सांगीतिक शो हरुमा श्रष्टाहरुका गीत निशुल्क प्रयोजनमा आउने गरेको, अरु त अरु स्वयम् रेडियो नेपालका गीतहरु समेत कतिपय संस्थाबाट दुरुपयोग भएको तर्फ़ सचेत रहन रेडियो नेपाललाई आग्रह गर्नु भयो। सम्मान : बिमोचन समारोहका बीच नेपाली सङ्गीतमा अमुल्य योगदान पुर्याएवापत सङ्गीतकार तथा संगीत एरेन्जर भुपेन्द्र रायमाझी र सङ्गीतकार गायक मदनसिंह नेपालीलाई दोसल्ला ओडाई प्रमुख अतिथिबाट सम्मान गरिएको थ्यो।

कार्यक्रममा बोल्दै समिक्षक डा नवराज लम्सालले भन्नु भयो-” अंकित निकै जिज्ञासु बाल गायक हुन्, स्वर सम्राट नारायणगोपाल, भजन शिरोमणि भक्तराज आचार्य जस्ता सिद्दहस्त गायकहरुलाई आफ्नो गायन आदर्श मानेर उनले त्यहि घरानाको गायकी र सङ्गीतका पनहरुको विकास यति सानो उमेरमा गर्न सक्नु चानचुने हैन, उनलाई फूलहरु ओछ्याएर स्वागत गर्न अवसर नमिलेता पनि मनहरु ओछ्याएर स्वागत गर्ने अवसर मिल्यो, प्रतिभा सानो ठुलो भन्ने हुँदैन, भोलि यहि सानो प्रतिभा नारायणगोपाल भक्तराज रामकृष्ण ढकाल बन्न सक्छ, हाम्रो शुभकामना र आशिर्बाद छ उनलाई।” अंकितलाई साथ् दिन उनका पुज्य मातापिता गङ्गा लुईटेल र त्रिलोचन लुइंटेल समेत दमक झापाबाट अंकित सँगै रेडियो नेपाल आएका थिए। कार्यक्रमलाइ अत्यन्त रोचकताका साथ् रेडियो नेपालका प्रसिद्द प्रसारक नबिन दाहालले संचालन गर्नु भएको थ्यो।

१६ भाद्र २०७४, शुक्रबार १८:३८मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *