Untitled Document

राजधानीका सडकमा रहेका खम्बाका तार काट्दै मन्त्री (फोटो फिचर)

काठमाडौ, भदौ १८

राजधानीका सडक कति व्यवस्थित छ, सायद यो शब्द सुन्ने वित्तिकै तपाईलाई लाग्छ, ओहो सडकको के कुरा सबै ठाउमा खाल्डै खाल्डा भो यसको कुरा नगरौं । उसो भए के को कुरा गर्ने त, सडकमा राखिएका विजुलीका पोल र त्यसमा भएका तारका कुरा गर्ने । तपाईको मनमा झनै चिन्ता बढेर आउछ, माकुराको जालो जस्तो तारका के कुरा गर्ने । पासो राखे जस्तो ।

सायद यस्तै चिन्ता लागेर होला सरकारका एक मन्त्री नै विजुलीका पोल पोल चढेर तार काट्दै हिड्न थाल्नु भएको छ । सुचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले आज विहान बिजुली, टेलिफोन र केबलका तारहरुले शहर कुरुप देखिएको तथा असुरक्षा बढ्दै गएको भन्दै अव्यवस्थित तार काट्नु भएको हो । उहाले माइतीघरस्थित खम्बामा टाँगिएका अव्यवस्थित तार काटेर शुरुवात गर्नुभयो । यसलाई निरन्तरता दिने उहाको भनाई छ ।

 

 

१८ भाद्र २०७४, आईतवार १२:५१मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *