जनता टाइम्स

५ असार २०७६, बिहीबार १६:४३

सर्लाहीको लखनदेही खोला किनारामा प्रहरी र विप्लक कार्यकर्ताविच गोली हानाहान, सर्लाही जिल्ला इन्चार्ज मारिए


सर्लाही ।

प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । दोहोरो भिडन्तमा विप्लवका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको हो ।

सर्लाहीको लखनदेही खोला किनारमा गस्तीमा रहेको प्रहरी र मोटरसाइकलमा रहेका विप्लवका कार्यकर्ताबीच बिहीबार दिउँसो मुठभेड भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चेकजाँज गर्ने क्रममा आफूहरुमाथि आक्रमण गरेपछि जवाफी फायर खोलेको बताएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलका अनुसार लालबन्दीबाट लखनदेही जंगलहुँदै सिन्धुलीतर्फ दुईवटा मोटरसाइलमा सवार भएर गइरहेका ४ जनालाई प्रहरी रोक्न खोज्दा झडप भएको हो। उनीहरुले प्रहरी माथि गोली चलाउन थालेपछि प्रहरीले पनि जवाफी कारवाही गरेको बताउनु भयो ।

पौडेलका साथबाट एकथान सिक्सर रिभल्वर र कटुवा पेस्तोल बरामद भएको प्रदेश २ प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले बताउनु भयो । मृतक पौडेल सर्लाहीको बाग्मती नगरपालिका वडा नम्बर २ धरहराका स्थायी बासिन्दा हुन्। फरार रहेका दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा विप्लवका कार्यकर्ताले प्रयोग गरेको ना २२ प ६४ र अर्को अनटेस्ट मोटरसाइकल भेटिएको छ।