जनता टाइम्स

६ असार २०७६, शुक्रबार १२:४६

कुटपिटबाट घाइते महिलाको मृत्यु


सिरहा, असार ६

सिसौको रूख काटेको विषयमा झडप हुँदा घाइते भएकी सिरहाको लहान नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । रूख काटिएको विवादमा लहान नगरपालिका-१५ निवासी आशाराम महतो र उहाँका भाइ सुमेश्वर महतोले कुटपिट गर्दा घाइते भएकी लहान नगरपालिका-९ गोठ टोल निवासी ५३ वर्षीया तेतरीदेवी महतोको मृत्यु भएको हो ।

सिसौँँ रूख काटेको विषयमा विवादमा दाइ-भाइको कुटाइबाट घाइते तेतरीदेवीलाई लहान अस्पतालमा भर्ना गरिएकामा उपचार गराएर घर फर्केपछि आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । तेतरीदेवीको मृत्यु भएपछि कुटपिट गर्ने दुवै दाजुभाइ फरार भएका छन् । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।