Untitled Document

ठूला करदाताले नै घटाए राजस्व

स्थानीय तहमा करको भार बढेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेका बेला ठूला करदाताको सूचीमा रहेका करदाताले बुझाउने राजस्वमा भने उल्लेख्य कमी आएको छ । ठूला करदाता कार्यालयमार्फत झण्डै डेढ खर्ब रुपैयाँ राजस्व संकलन भए पनि ठूला करदाताको सूचीमा रहेका प्रमुख १० करदातामध्ये अधिकांशको राजस्व घटेको पाइएको हो । सरकारले उठाउने राजस्वको ८० प्रतिशत हिस्सा ठूला […]

६ महिनामा श्रममन्त्री गोकर्ण विष्टले के गरे ?

नयाँ सरकार गठन भएको ६ महिना पूरा हुँदै गर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको कार्यकाल भने ५ महिना पूरा भएको छ । यस अवधिमा उनले आन्तरिक रोजगारी व्यवस्थापनदेखि वैदेशिक रोजगारीको क्षेत्रमा केही महत्वपूर्ण काम गरेका छन् । नेपाली कामदारहरूको व्यावसायिक सुरक्षा, करार सम्झौता प्रभावकारी बनाउने, श्रमिकलाई २४सै घन्टा बिमा सुविधाको व्यवस्था मिलाउन तथा आकर्षक रोजगार […]

एउटै रक्सी उत्पादक कम्पनीले गर्यो २५ करोड बढी कर छली

रसुवा डिष्टिलरीले अन्तःशुल्कको नक्कली स्टिकरदेखि युपीका आधारमा लाग्ने करसमेत छली गरेको खुलासा, सञ्चालक श्रेष्ठलाई शक्तिकेन्द्रकै संरक्षण, प्रहरीले दिएन पक्राउमा चासो काठमाडौं, भदौं ४ अन्तःशुल्कको नक्कली स्टिकर र युपी (रक्सीको कर निर्धारण) मा समेत बदमासी गरी एउटै रक्सी उद्योगले २५ करोड भन्दा बढी राजस्व छली गरेको पाइएको छ । रसुवा डिष्टिलरी एण्ड फ्रुट्स इण्डिष्ट्रिज प्रालिले अन्तःशुल्कको […]

पेट्रोल ६२ रुपैयाँमा किनेर ११० मा बेच्दा पनि निगमलाई घाटा !

इन्धन किन्दा भारत जान्छ वर्षमा १५२ अर्ब, सरकारले उठाउँछ ५५ अर्ब स्थानीय तहले अचाक्ली कर उठाएको विषयमा ठूलो बहस भइरहेको छ । तर, केन्द्रीय सरकारले वर्षौँदेखि अत्यावश्यक उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा अचाक्ली कर उठाउँदै आएको छ । गत आर्थिक वर्ष ०७४/७५ मा भारतीय आयल कर्पोरेसनसँग नेपाल आयल निगमले १ खर्ब ५२ अर्बको तेल खरिद गरेकोमा जनतासँग त्यसमा […]

भूमी व्यवस्था मन्त्री अर्यालको उद्घोष : सहकारीलाई उत्पादनमूलक कार्यमा लग्छु

भक्तपुर, ३ भदौ भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीले पैसा थुपार्ने कार्यमा मात्रै नलागी उत्पादनमूलक कार्यमा पनि लाग्नुपर्ने बताउनुभएको छ । मध्यपुरथिमिस्थित शंखधर बचत तथा ऋण सहकारी संस्था लिको ११ औँ वार्षिक साधारणसभामा उहाँले लगानी र उत्पादनमूलक कार्यमा सहकारी सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले लगानी र उत्पादनबाटै देशको समृद्धि हुने चर्चा गर्दै […]